हिन्दुत्व विचारको जगमा आधुनिक नेपाल
डा. दीपेश केसीः सँसारमा चार मुख्य सभ्यताबीच सदीऔंदेखि संघर्ष चलिरहेको छ । पहिलो, इशाई सभ्यता जसको केन्द्रभूमि यूरोप रह्यो । दोस्रो, इस्लाम सभ्यता जसको केन्द्रभूमि खाडी मुलुकहरु रहेका छन् । तेस्रो, पूर्वीय सभ्यता जहाँ हिन्दू र बौद्ध धर्मालम्बी रहेको नेपाल, भारत, जापान, बर्मा जस्ता देशहरु छन् । चौंथो, कन्फ्युसियसलाई मान्ने चिनियाँ सभ्यता । यी चार सभ्यताको प्रभाव यति फैलिइरहेको छ कि विभिन्न देश र समाजमा असरहरु विभिन्न रुपमा देखिएका छन् ।
इशाईहरु सांस्कृतिक आक्रमणबाट आफ्नो संख्या र प्रभाव बढाइरहेका छन् । विगतमा साम्राज्यवाद र हिंसाबाट उनीहरुले आफ्नो प्रभाव फैलाए । हालको अमेरिकी महादेशहरुमा भौगोलिक र सांस्कृतिक अतिक्रमणका लागि करोडौंको नरसंहार समेत भएको शोधकर्ताहरुले खुलाइरहेका छन् । पछिल्लो समय उनीहरु ठूलो धनराशी खर्चिएर धर्मान्तरण र सांस्कृतिक अतिक्रमणको उद्देश्यका साथ प्रोपोगान्डालाई अस्त्र बनाइरहेका छन् आफ्नो प्रभाव विस्तार गर्न । इस्लामहरु पनि हिंसा र धर्मान्तरणलाई नै अस्त्र बनाइरहेका छन् आफ्नो प्रभाव फैलाउन । जनसंख्या वृद्धि उनीहरुको मुख्य उद्देश्य देखिन्छ । मध्यपूर्व र मध्य एशियाबाट इस्लाम अतिक्रमणकारीहरुबाट दक्षिण एशियामा आक्रमण भएको इतिहास साक्षी छ । १४औं शताब्दीमा सुल्तान समसुद्दीनले २० हजार सैनिकसहित आएर काठमाडौं उपत्यकामा लुटपाट मच्चाएका थिए । पशुपतिनाथसहित पुरातात्विक धरोहर ध्वस्त पारेर गएका थिए जुन पुनः निर्माण गर्न कैयौं वर्ष लाग्यो ।
मुगलहरुले त भारतमा लामो शासन गरी इस्लाम सभ्यतालाई फैलाउन खोजे । १२औं शताब्दीमा बखितार खिलजीले आक्रमण गरी विश्वकै महान ग्रन्थहरु संग्रहित नालन्दा विश्वविद्यालय जलाएर खरानी पारे । मुगलहरुले मन्दिरहरुको नामोनिशान मेटेर मस्जिदहरु निर्माण गरे । अयोध्यास्थित बाबरी मस्जिदमा वैज्ञानिकहरुले अनुसन्धान गर्दा त्यस्तो तथ्य भेटिएको थियो । जहाँ अहिले राम मन्दिर निर्माण भइरहेको छ । अफगानिस्तानमा हिन्दू र बौद्धहरु निमिट्यान्न पारिए । बामियानमा रहेको विश्वको सबैभन्दा ठूलो बुद्धको मुर्ति तालिवानले तोपले उडाइदिए ।
इशाई र इस्लाम अतिक्रमणकारीहरुको सबैभन्दा चपेटामा परेकोमा भारत र चीन नै हुन् । कुनैबेला विश्वकै समृद्ध ती मुलुकहरु परा�
