११ पुस २०८१, बिहिबार | December 26, 2024

के मष्ट हिन्दू होइनन् ?


2.3k
Shares
रोशण शाहा: हिमलय कैलाश पर्वत एवम् पञ्चकैलाश क्षेत्रका ओरपर रहेका पार्वतीका माइतीहरू जस्ले शिव महादेवलाई जवाइँ इष्ट देव मान्नेहरूले शिवलाई अरूहरूले ‘महादेव’ (महा + देव = महादेव) भनेर सम्बोधन गर्दा यीनीहरूले महादेवका सट्टामा महा + इष्ट = मष्ट ‘मष्ट’ भनेर सम्बोधन गर्ने, महादेवशिव शाक्तलाई पूज्नेहरू कालान्तरमा मष्ट परम्परा मान्ने भए । मष्ट पूज्नेहरूलाई ‘मष्टो’ सम्प्रदायका (जडान+खषान लगाएतमा बस्नेहरू) भनेर चिनियो, पछी देवराज इन्द्र इन्द्रका छोरा जयन्त पनि यहीँ रहेर मष्टपुजक वा मष्टो भए, यसै गरी शिवका साथमा हिड्ने गणहरूका सन्ततिहरू झन सनातन् मष्टपुजक वा मष्टो नै हुन् । (जयन्त नन्दीहरू महामष्टपूजक भएकाले नै यिनीहरूलमई वा यिनीहरूका सन्ततिहरूताई पनि मष्टो भनिएको हो ।) खासमा महामष्ट भनेका त महादेव शिव महेश्वर नै हुन् । जसरी नाथ परम्परामा आदिनाथ वा किँरात परम्परामा पारुहाङ्ग भनेर महादेवलाई नै भने जस्तै मष्टो परम्परामा महामष्ट भनेको पनि महादेव शिव नै हुन् ।
महामष्ट पुज्ने मष्टोहरू वेदका रक्षकहरू पनि हुन् । मष्टोका बाँठवाला का धामीहरूले अँझै धामी परम्परामा मष्टका माण्डौहरूमा धामीहरूमा शक्ति जागेर वाणी फतुर्न थाले पछि संस्कृत नपढेकाहरूले पनि वेदका ऋचाहरू बकने गरेको देखिन्छ । कति धामीहरूले त वेदनै मुखाग्र भन्ने गरेको स्थानियहरू बताउँछन् ।
मष्ट सम्प्रदायमा १२ भाइ मस्ट भनेको महामस्ट शिव १ र शिव यानि रूद्रका ११ वटा प्रमुख अवतारहरूलाई जोडेर भनिएको हो । मष्टका विभिन्न स्थान र अवस्थिति मा भिन्नाभिन्नै नाम र रूपमा पुकारेको पाइन्छ । रूद्रले असत्य अत्याचारको संहारकालागी महारौद्ररूप धारण गरेको स्वरूपहरूलाई ‘दाह्रेमष्ट’ का रूपमा पूजा गरीन्छ । रूद्रले सुशासन स्थापना गरी सञ्चालन गर्दाको स्वरूपहरूलाई ‘रजवालीमष्ट’ का रूपमा पूजागरीन्छ एवम् रूद्रका सौम्यरूपको स्वरूपहरूलाई ‘दुधेमष्ट’ का रूपमा पूजागरीन्छ । यसरी १) दाह्रेमष्ट २) रजवालीमष्ट र ३) दुधेमष्ट गरी तिन प्रकारका धेरै नामका मष्टहरू विभिन्न स्थानमा पूजेको देखिन्छ ।
सबै मष्टोहरूले पुज्ने महामष्ट, मष्ट, मातृशक्ति नौ भवानीहरू सतिदेवी पार्वती लगायत शक्तिस्वरूपा नवदुर्गा देवीका नौ रुपहरू [नवदुर्गा; १) शैलपुत्री २) ब्रह्मचारिणी ३) चन्द्रघण्टा ४) कूष्माण्डा ५) स्कन्दमाता ६) कात्यायनी ७) कालरात्री ८) महागौरी ९) सिद्धिदात्री] हुन् । मसग्र ‘मष्टो’ हरूले शक्ति वा शक्तिस्वरूपा को महत्वका साथ पूजा, आरधना गर्ने गर्दछन् । अठार डाईनी मसानी भूत पिचासको पनि पूजा हुन्छ ।
मष्टोहरूले अत्यन्तै आस्था राख्ने बडीमालीका मालीका कलीका देवीहरू प्रमुख हुन् । बडीमालीका भनेकी सतिदेवी हुन् । मालीका भनेकी पार्वती हुन् । कालिका भनेकी काली देवि हुन् । काली देवीका अन्यरूपहरूलाई चौसट्ठी योगीनी भनिन्छ ।(भद्रकाली, कालरात्री, महालक्ष्मी, महासरस्वती, माहेश्वरी, विंध्यवासिनी, अम्बिका, महामाया, वाराही, यमुना, छिन्नमस्तिका, वैष्णवी, बेताली, नर्मदा, कौमारी, उमा, नारायणी, समुद्रा, बिरुपा, चामुण्डा, गङ्गा लगायत चौसट्ठी स्वरूपमा पुजीन्छन् ।)
सुदूरपश्चिम लगायत कर्णाली क्षेत्रमा गौरा पर्वमा गौरा-महेश्वरको शुभविवाहको उत्सव स्वरूपमा मनाईन्छ । गौरापर्व मनाउँदा गाउने चैत, ढुस्का, धुमारी गीतहरूमा शक्ति जागरणका गीतहरू हुन्छन् । यसमा राष्ट्रका ऐतिहासिक वीरपुरुषहरूको बहादुरीको वीरताको गाना पनि गाइन्छ ।
नेपाल भरी पश्चिम देखि पूर्व सम्मै धेरै स्थानहरूमा महादेव शिव (भैरव) बडीमालीका मालीका कलीका एवम् देवीहरू लगायत योगीनीहरूका मन्दिर शक्ति पिठहरू छन् जहाँ मष्टोहरू लगायत सम्पूर्ण सनातनीहरूले उत्तिकै श्रद्धाले पुज्दछन् ।
मष्ट पूज्दा मष्टोहरूले घरमाडू वनमानडूका थानहरूमा सेता राता धजा चढाउँछन् । माडुमा त्रिशूल, रुद्राक्षका माला, चवँर, धुप, दिप, शङ्खघण्ट, डमरू हुन्छन् । शिरमा लामा लामा शिखा राखी धातुवा काठको दण्डमा धजा चवँर बाँधेर राजण्ड बनाई पूजाथानमा थापनागरी मष्टको धामी डाँगर द्वारा पूजा आरधना गरीन्छ । मष्टको आरधना गरी धामी डाँगरमा शक्ति सञ्चार हुँदा डाँगरहरू काम्पायमान हुँदै फतुर्न (वानी निस्कन) थाल्दछन् ।
पञ्चकैलाश क्षेत्रका मष्टो पूजकहरूको भाषा जड्खसनभाषा हो । खसभाषा कालक्रमैले परिमार्जित हुँदै अहिले नेपाली राष्ट्रियभाषा भएको छ । यो नेपाली भाषाको मूल मातृभाषा संस्कृत हो । संस्कृत भाषाको व्याकरणकार ‘महेश्वर सूत्र’ को उत्पत्ति भगवान नटराज (शिव) द्वारा गरिएको ताण्डव नृत्यका डमरुका नाद टङ्कारबाट भएको हो । मष्टोहरूको ‘फाग’, ‘सगुन’, ‘हुड्केली’ एवम् ‘भारत’ जस्ता लोक संस्कृतिमा मष्टोको प्रमुख सम्बन्ध देवाधिदेव महादेव, शक्तिस्वरूपा सती पार्वती, देवराज इन्द्र सँग रहेको र थानहरूमा त्रिशूल, सेता र राता धजाहरूमा सेता धजा शैवको प्रतिक र राता धजा शाक्तका प्रतिक हुन् । मष्ट पूज्ने मस्टो (जड-खसान) हरूको नृत्य हुड्केली लगायतका नृत्यगर्दा पनि महादेव कै हातमारहने अनहदनादको प्रतिक डमरू बाजा बजाउने गर्दछन् । माण्डौ (पूजास्थल) हरूमा मूलधामी बस्ने गादीहुन्छ । यो गादी इन्द्रासनकै आसनको प्रतिक र धातुको दण्डमा धजाबाँधेको दण्ड राजदण्डकै प्रतिक हो ।’इन्द्रका पुत गोसाई मण्डालनीका जाय’ भनि गाउने फागले पनि यो कुरा प्रष्ट हुन्छ ।
हाल समाजमा सनातन धर्म विथोल्न चाहानेहरूले मष्टो पूजकलाई विभिन्नबहानामा तिमीहरू हिन्दू हैनौ भनेर भ्रमजालमा पार्न सलबलाई रहेको देखिन्छ । यिनीहरूले मष्टोहरूलाई प्रकृति पूजक मात्र हौ हिन्दू होइनौ, हिन्दू धर्म त इण्डियाबाट आएको धर्म हो भन्दछन्, यिनीहरूले हिन्दू शब्द हिमालय बाटै बनेको ( https://www.facebook.com/share/p/rvno8J6TBUvvmTZb/? ) र सनातन हिन्दू धर्मकै आदिउद्गम यहीँ भएको कुरा छिपाउँछन् । यात थाहा नभएर हो भनौ भने वेदको भाष्य यहीँ हिमालयका काखमा हिमनदीका सङ्गममा भएको कुरा थाहा नै होला । तर पनि मष्टोहरू सनातन शिव शाक्त हिन्दूधर्मका खास संवाहकहरूलाई नै स्वधर्म परम्पराबाट विछुट्ट्यायर विथोल्न अनेकन तरका कुचेष्टा गर्दै लागिपरेका देखिन्छन् । यस्ता धर्म नै नमान्ने निकृष्टहरूले नै यसरी निर्लज्ज भएर अनेकन तरहले अफवाह फैलाउँदै सनातन धर्मबाट विछुट्ट्याउन खुल्लम खुल्ला लगेको समाजिक सञ्जालहरूमा छरपस्ट पनि छरपष्ट देखिन्छ । तेस्ता मिसनका ध्रुत सिकारीहरूको भ्रमजालमा हामी कोही पनि पर्नुहुँदैन, हामी सबै मष्टपूजकहरूलाई यो कुराको संज्ञान हुनुपर्दछ !
मष्टो सम्प्रदाय विशुध्द शैव एवम् शाक्तको प्रतिनिधित्व गर्ने प्राचिण एवम् प्रमुख एक प्रम्परा हो !
जय मष्ट !
जय आदिनाथ !
जय पशुपतिनाथ !

प्रतिक्रिया