२३ भाद्र २०८१, आइतबार | September 8, 2024

फेरि आणविक युद्धको खतरा, युक्रेनमा सेना पठाउने देशले दर्दनाक परिणाम भोग्नुपर्ने पुटिनको चेतावनी


February 29, 2024
913
Shares

एजेन्सी, १७ फागुन । विश्वमा फेरि आणविक युद्धको खतरा बढेको छ । नाटो सम्वद्ध देशहरुले युक्रेनमा सेना पठाउने तयारी गरिरहँदा रुसले भने दर्दनाक परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशवासीलाई वार्षिक सम्बोधन गर्दै जुन देशले युक्रेनमा सेना पठाउँछ त्यो देशलाई कडा जवाफ दिने चेतावनी दिएका हुन् ।

पुटिनको चेतावनीलाई आणविक युद्धको खतराका रुपमा लिइएको छ । रुससँग सँसारकै सबैभन्दा शक्तिशाली आणविक हतियार छ ।

पुटिनले पश्चिमाहरुले रुसलाई सिध्याउन खोजेको भन्दै रुसी जनताको एकताले उनीहरुलाई परास्त गर्ने समेत टिप्पणी गरे ।

अबको दुई हप्तापछि रुसमा चुनाव आइरहँदा पुटिनको पछिल्लो भनाई सार्वजनिक भएको हो । उनी उक्त चुनावमा राष्ट्रपतिका उम्मेदवार छन् र जित निश्चितप्रायः छ ।

प्रतिक्रिया