२३ आश्विन २०८१, बुधबार | October 9, 2024

बैंकको ब्याजदर फेरि घट्ने


February 28, 2024
913
Shares

काठमाडौं, १६ फागुन । ऋण लिनेहरुमा आकर्षण अझै नदेखिएपछि सरकारले ब्याजदर घटाउने नीति ल्याउने वाध्यता देखिएको छ । अब १० प्रतिशत भन्दा माथि रहेको ऋणको ब्याजदर त्योभन्दा घटी हुने भएको छ । अर्थात् एक अंकमा ब्याजदर कायम हुनेछ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकको ब्याजदर एक अंकमा झर्ने खुलासा गरेका छन् । उनी पश्चिम नवलपरासी पुगेर यस्तो खुलासा गरेका हुन् ।

पछिल्लो समय विदेशी मुद्राको संचिति निकै बढेको छ । बैंकहरुका निक्षेप बढेको छ तर ऋण लिनेहरुमा आकर्षण देखिएको छैन । जसका कारण आर्थिक कारोबारले गति लिन सकेको छैन समग्रमा । यसका असर जताततै परेको छ ।
सर्वसाधारणको क्रयशक्ति घट्दा उत्पादनशील क्षेत्र चलायनमान हुन सकेको छैन । रोजगारी धमाधम गुमेका छन् ।

प्रतिक्रिया