३१ भाद्र २०८१, सोमबार | September 17, 2024

उपेन्द्र यादव पकड गुमाउँदै, कस्ले दिदैछ चुनौती ?


February 22, 2024
747
Shares

काठमाडौं, १० फागुन । जनता समाजवादी पार्टीभित्र अध्यक्ष उपेन्द्र यादवले पकड गुमाउँदै गएका छन् । मधेशको मुद्दामा भन्दा व्यक्तिवादी र परिवारवादी सोच हावी भएको भन्दै उपेन्द्रको आलोचना बढिरहँदा पकड पनि गुमाइरहेका छन् ।

जसपाले तोकिएको मितिमै राष्ट्रिय महाधिवेशन गरेमा उपेन्द्र यादवमाथि ठूलै चुनौती आउने देखिएको छ । २८ देखि ३० जेठसम्म तोकिएको महाधिवेशनको तयारी त चलिरहेको तर उपेन्द्र झस्किइसकेका छन् ।

उपेन्द्रले आमनिर्वाचनमाम हारेपछि फेरि संसदमा आउन रामसहायप्रसाद यादवलाई बाराबाट राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत् बल्लतल्ल जिते । उनलाई नै पद चाहिने जस्तो गरेको भन्दै जसपाभित्र असन्तुष्टि बढ्यो ।
उपेन्द्रले छोरालाई पनि राजनीतिमा सक्रिय पारेका छन् । यसका लागि अन्य दलसँग सम्झौता गर्ने गरेका छन् ।

उपेन्द्रलाई चुनौती कस्ले देला भन्ने चासो पनि बढिरहेको छ । विश्वस्त स्रोतका अनुसार जसपाभित्र एउटा शक्ति बिलियो गरी उठिरहेको छ । त्यो शक्तिले उपेन्द्रलाई उछिन्नेगरी तयारी गरिरहेको छ ।

प्रतिक्रिया