१२ श्रावण २०८१, शनिबार | July 27, 2024

विकल पौडेलमाथि किन भयो कारबाही ?


February 18, 2024
664
Shares

काठमाडौं, ६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी अनुसन्धान गरिरहेको छ विकल पौडेलमाथि । आइतबार क्याबिनेट निर्णय गरी सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट विकललाई बर्खास्त गरिएको छ ।

विकलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति एलआरपी लिएको देखिएको भन्दै पदबाट हटाइएको उल्लेख छ । उनले एलआरपी लिएको विगतमा नै खुलेको थियो । तर, विकल दश वर्षयता जो प्रधानमन्त्री आएपनि प्रीय मानिन्थे ।

विकललाई पदबाट बर्खास्त गर्नुलाई अर्थपूर्ण मानिएको छ । उनीमाथि पूँजी पलायन र विदेशमा घूसको आदानप्रदानको अनुसन्धान चलिरहेको छ । देशको धन बाहिर लगेर अमेरिकामा ७ करोडभन्दा बढी रुपैयाँको बँगला नै बनाएको खुलिसकेको छ ।

विकलले सिंगापुर र दुबई जस्ता देशमा घूसको आदानप्रदान गरेको विषय बाहिर आएको छ । उनले घूस दिएकामा शक्तिशाली नेता र तिनका परिवारका सदस्य रहेको बुझिएको छ ।

विकलले राष्ट्रिय परिचय पत्र, इबोस्ड नम्बर प्लेटमा नेपाली भाषा हटाउने जस्ता गतिविधिमा भूमिका निभाएका थिए । यसमा ठूलै योजना लुकेको थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया