१२ श्रावण २०८१, शनिबार | July 27, 2024

काँग्रेसभित्र हिन्दुराष्ट्रको अभियानमा ज्योत्सना साउदको समर्थन


February 17, 2024
2k
Shares

काठमाडौं, ५ फागुन । नेपाली काँग्रेसभित्र चलिरहेको हिन्दुराष्ट्र अभियानलाई विश्व हिन्दू महासंघकी उपाध्यक्ष ज्योत्सना साउदले समर्थन गरेकी छिन् । उनले शनिबार विहान सामाजिक सञ्जालमार्फत् समर्थन जनाएकी हुन् ।

ज्योत्सनाले काँग्रेसको आगामी महासमिति बैठकमा नेपालको संविधानलाई सनातन हिन्दु राष्ट्र कायम हुने गरी परिमार्जन गर्न चलिरहेको अभियानमा दृढ समर्थन गर्दै पूर्ण समर्थनको कामना समेत गरेकी छिन् ।

ज्योत्सना परराष्ट्रमन्त्री एनपी साउदकी धर्मपत्नी हुन् । उनी हिन्दुत्व विचारधारा पक्षधर हुन् ।

पछिल्लो समय काँग्रेसभित्र हिन्दूराष्ट्र अभियान बलियो बन्दै गएको छ । काँग्रेसका प्रभावशाली नेताहरु यसको पक्षमा उभिएका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया