३१ भाद्र २०८१, सोमबार | September 17, 2024

उच्च शिक्षाका लागि नेपालबाट भइरहेको आर्थिक बहाव रोक्न प्रधानमन्त्री प्रचण्डको जोड


February 15, 2024
664
Shares

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च शिक्षाका लागि नेपालबाट भइरहेको आर्थिक बहाव रोक्नुपर्नेमा जोड दिएका छन् । भारत-नेपाल उच्च शिक्षा शिखर सम्मेलनको धुलिखेलमा उद्घाटन गर्दै देशको युवा जनशक्तिलाई स्वदेशमै राख्न पहल गर्नुपनेंमा जोड दिएका हुन् ।

नेपालबाट उच्च शिक्षाका लागि आर्थिक बहावलाई रोकेर नेपालमा उल्टो आर्थिक लाभ लिने परिस्थिति विकास गर्नुपर्ने प्रचण्डको भनाई थियो । नेपाललाई उच्च शिक्षामा राम्रो अवसरको क्षेत्र बनाउन लाग्नुपर्ने समेत बताए ।

प्रचण्डले नेपालको हिमाल र पहाडहरुमा सदीऔं देखि ऋषिमुनीहरु आएर ज्ञान प्राप्त गरेको विषय उल्लेख गर्दै नेपाल फेरि ज्ञान आर्जनको उत्कृष्ट स्थल बन्न सक्ने सम्भावना औल्याए ।

सम्मेलनमा नेपाल र भारतका प्राज्ञिक व्यक्तित्वहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया