२३ आश्विन २०८१, बुधबार | October 9, 2024

क्यान्सरको भ्याक्सिन आविष्कारको नजिक पुग्यो रुस


February 15, 2024
4.7k
Shares

एजेन्सी, ३ फागुन । सँसारको खतरनाक रोग मानिएको क्यान्सरले वर्षेनी करोडौंको ज्यान लिने गरेको छ । तर, अब यो रोगको रोकथामको उपाय चाँडै आउने भएको छ ।

रुस क्यान्सरविरुद्धको भ्याक्सिन आविष्कारको नजिक पुगेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश क्यान्सरविरुद्धको भ्याक्सिनको नजिक पुगेको खुलासा गरेका हुन् ।

मस्कोमा रुसी मेडिकल साइन्सको बारेमा फ्युचर टेक्नोलोजिज फोरममा बोल्दै पुटिनले वैज्ञानिकहरु क्यान्सरविरुद्धको भ्याक्सिन आविष्कारको अन्तिम चरणमा पुगेको बताए । उनले त्यसको नयाँ उपचार पद्धति पनि चाँडै ल्याउने बताए ।

यसअघि कोभिड १९ विरुद्धको भ्याक्सिन पनि पहिलोपटक रुसले नै ल्याएको थियो । रुसी वैज्ञानिकहरु चिकित्सा विज्ञान र खगोलशास्त्रमा अब्बल मानिन्छन् ।

प्रतिक्रिया