१२ श्रावण २०८१, शनिबार | July 27, 2024

हारेका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पाकिस्तानी सेनाले यसरी जितायो


February 14, 2024
747
Shares

एजेन्सी, २ फागुन । पाकिस्तानमा यसपटक भएको निर्वाचनमा सेना पूरै हावी भयो । उसले जे चाहेको त्यही भयो ।

पूर्वप्रधानमन्त्री इमरान खान जेल हालिए । उनका कतिपय समर्थक पनि जेल गए । यतिसम्मकी खान नेतृत्वको दल पीटीआईलाई चुनाव लड्नबाट वञ्चित गरियो ।

चुनावको प्रारम्भिक नतिजामा खान समर्थक स्वतन्त्र सांसदहरु चुनाव जित्न थाले । त्यसपछि भित्र भित्र धाँधली सुरु भयो ।

लाहोरबाट चुनाव लडेका पूर्वप्रधानमन्त्री नवाज सरिफ प्रारम्भिक मतगणनामा खान समर्थक यास्मिन रसिद २० हजार मतले अगाडि थिइन् । तर, पछि सरिफ विजयी घोषित गरिए । कुल खसेको मत संख्याभन्दा सदर मत संख्या बढी थियो ।

चुनावमा धेरै धाँधली भयो । इमरान खान समर्थकलाई हराउन सरिफ नेतृत्वको मुस्लिम लिग र पाकिस्तान पिपल्स पार्टीका उम्मेदवारलाई सेनाले भित्र भित्र साथ दियो । तैपनि, चुनावमा प्रत्यक्षतर्फको नतिजा खान समर्थकलाई गयो ।

पाकिस्तानमा सेना निकै हावी छ । त्यहाँ विगतमा पनि धेरैपटक लोकतान्त्रिक सरकार ढाल्न कू भइसकेको छ । यसपटक पनि सेनाले नै दबाब दिएर नवाज सरिफ र बिलवाल भुट्टोलाई मिल्न वाध्य पारेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया