३१ भाद्र २०८१, सोमबार | September 17, 2024

अरुण चौधरीलाई ‘सेटिङ’ मा छाड्न आदेश दिने न्यायाधीशमाथि कारबाही बढ्यो


February 10, 2024
14.5k
Shares

काठमाडौं, २७ माघ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको खुलेपछि सीआइबीको हिरासतमा रही अनुसन्धान भइरहँदा अरुण चौधरीलाई हाजिरी जमानीमा छाड्न आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यमाथि कारबाही प्रक्रिया बढेको छ । उनले सेटिङमा छाड्न आदेश दिएको प्रमाणहरु फेला परेपछि न्यायपरिषद्ले कारबाही बढाएको हो ।

न्यायपरिषद्ले आचार्यलाई सात दिने स्पष्टिकरण सोधेको छ । न्यायपरिषद्ले कारबाही प्रक्रिया बढाउँदा स्पष्टिकरण सोध्ने गर्छ ।

एउटै प्रकृतिको मुद्दामा भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङलाई ९० दिन सम्म थुनिएको थियो । तर, चौधरीलाई भने सेटिङ गराई छाड्न आदेश दिन लगाइएको थियो । यसले अदालतलाई बदनाम बनाउन केही नाम चलेका वकिल नै लागेको भन्दै न्याय क्षेत्रमा असन्तुष्टि बढेको छ ।

आचार्यले सेटिङमा छाड्ने आदेश दिएको तथ्य नेपालीपेनले फेला पारेको छ । उनी नवलपुरको जिल्ला न्यायाधीश हुँदा विनोद चौधरीसँग नजिकिएका थिए । यसै वर्ष उनी काठमाडौं जिल्ला अदालतमा सरुवा भएका थिए । उनलाई नवरपुर जिल्ला अदालतमा एउटै आर्थिक वर्ष ११३५ मुद्दा फछ्र्यौट गरेर किर्तिमान राखेको चर्चा समेत गराइएको थियो ।

चौधरीले केही वकिलमार्फत् न्यायाधीशलाई प्रभावित पारेका थिए । सेटिङमा उनै आचार्यको बेन्चमा अरुण चौधरीको मुद्दा पारिएको थियो । यसबारे पनि न्यायपरिषद्ले छानविन बढाएको छ ।

नेपालीपेनले आचार्यले गरेको फैसलाबारे समाचार प्रकाशन गर्दै आएको छ । तथ्यसहित उनका कदमहरु बदनियतपूर्ण रहेको खुलासा गरेको थियो ।

प्रतिक्रिया