१२ श्रावण २०८१, शनिबार | July 27, 2024

देउवाले भाषण भित्तालाई सुनाउनुपर्ने अवस्था देखेपछि…


February 9, 2024
1.4k
Shares

काठमाडौं, २६ माघ । कुनैबेला थियो नेपाली काँग्रेसको सभापति र महामन्त्रीको अनुहार हेर्न पनि मान्छेको भीड लाग्दथ्यो । उनीहरु जहाँ पुग्थे हजारौं नागरिक पुग्थे । कार्यकर्ता त हुने नै भए । काँग्रेस भातृसंगठन नेविसंघको कार्यक्रममा पनि हजारौं हुन्थे । तर, समय बदलिएको छ । काँग्रेस सभापति प्रमुख अतिथि रहेको कार्यक्रममा पनि कार्यकर्ता जुटाउन कठिन हुन थालेको छ ।

शुक्रबार नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटनमा सभापति शेरबहादुर देउवा भाषण गर्ने बेलामा हल नै रित्तिइसकेको थियो । सबैले लामो भाषण गर्दा दिक्क लागेर कार्यर्ता लाखापाखा लागेका थिए ।

त्यसपछि देउवाले भाषण गर्ने क्रममा भित्तालाई भाषण सुनाउने भनी आफूअघि भाषण गर्नेप्रति कटाक्ष गरे । उनले मान्छे बोल्दा बोल्दा हल खाली भइसकेको हुने अवस्था उल्लेख गरे । कुरा सुनाउन पनि कहिलेकाहीँ भित्रालाई सुनाउनुपर्ने हुने बताए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया