१८ पुस २०८१, बिहिबार | January 2, 2025

शिक्षाक्षेत्रको सुधारका लागि विराटनगरमा विद्यार्थी दबाब यात्रा (फोटोफिचर)


February 9, 2024
4.8k
Shares

विराटनगर, २६ माघ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रव्यापी शैक्षिक अभियान २०८० अन्तर्गत शिक्षाको समग्र सुधारका लागि शुक्रबार विराटनगरमा विद्यार्थी दबाब यात्रा भएको छ ।

परिषदकि प्रदेश सह सचिव मुन बिष्टले दबाब यात्राले नयाँ पुस्तामा देशको शिक्षा क्षेत्रको भविष्य सुन्दर हुने आशा जगाएको बताइन् ।

दबाब यात्रामा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका सगरमाथा एवम् जानकी प्रदेश संगठन सचिव एवम् केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, परिषद्का परिषद्का राष्ट्रिय सचिव विवस कटुवाल ,परिषद्की कोशी प्रदेश सह सचिव मुना बिष्ट परिषद्का कार्याकर्ता एवम् विराटनगरका १४ वटा शैक्षिक संस्थाहरूबाट हजारौं विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

विद्यार्थी दबाब यात्रालाई सम्बोधन गर्दै परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानेले, विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक भागबन्डाको आधारमा गरिने गलत परिपाटीले शिक्षाक्षेत्र धारासायी भएकोले शिक्षाक्षेत्रको दलीय राजनीति भागबन्डाको अन्त्य गर्नुपर्ने, प्रवेश, परीक्षा परिणाम पात्रो, परिसर, प्रश्नपत्र एवम् पाठ्यक्रम, मूल्याकंन पद्धति र शिक्षण विधिमा सुधार गर्नुपर्ने, माध्यमिक तहको शिक्षा अनिवार्यरूपमा निस्शुल्क गरिनुपर्ने, विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाइ प्राज्ञिक व्यक्तिलाई नियुक्ति गर्ने नीति अवलम्बन गरिनुपर्ने, क्याम्पस , विश्वविद्यालयहरूमा महापुरुष, नेपालको इतिहास, भाषा, संस्कृति आदि पाठ्यक्रममा समावेश हुनुपर्ने लगायतका विषयहरू उठाउनमा विशेष जोड दिए। यसैगरी विद्यार्थी परिषद्का राष्ट्रिय सचिव विवस कटुवालले शिक्षामा वैदेशिक लगानी अन्त्य गर्दै २० प्रतिशत बजेट विनियोजन हुनुपर्ने साथै सरकारी कर्मचारीको बालबालिकालाई पनि सरकारी विद्यालयमा पढ़ाउनु पर्ने र शैक्षिक स्तर सुधारमा जोड दिए।

परिषद्का प्रदेश सह सचिव मुना बिष्टले नैतिक शिक्षा लागू गरी युवा विद्यार्थीहरुमा स्वदेश प्रेम बढ़ाई राष्ट्र निर्माणमा योगदान दिने जनशक्ति तयार गर्न विशेष प्रयास गर्नुपर्ने बताए । विद्यार्थी दबाब यात्रा ट्राफिक चोक बाट सुरु भइ गोल्छा चोक, हस्पिटल रोड, शनिमन्दिर हुँदै महेन्द्र चोकमा विद्यार्थी नेता सम्बोधनसंगै समापन भएको थियोे ।

प्रतिक्रिया