१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अमेरिका-चीन युद्धस्थल बन्नसक्छ ताइवान


February 9, 2024
1.7k
Shares

विपिन देव: संसारको तनाव क्षेत्र (हट स्पट) हरू युद्धको ज्वालामुखीको रूपमा विष्फोट हुँदैछन् । रुस-युक्रेन युद्ध र इजरायल हमास युद्धविराम हुने अवस्थामा देखिएको छैन । संयुक्त राष्ट्र संघको सामथ्र्य शिथिल भइसकेको छ । असंलग्नताको आन्दोलन पनि इतिहासको दस्तावेज भएको छ । युद्ध ट्रान्सएटलान्टीक (युरोप) बाट ट्रान्सप्यासिफिक (एसिया)मा अवतरित भएको खण्डमा युद्धको स्वरूप र विभिषिका झन् भयावह हुने जानकारहरूको आकलन रहेको छ ।

ट्रान्प्यासिफफिकमा “ताइवान”लाई हटस्पटको रूपमा लिन सकिन्छ । राष्ट्रपति सीले चीनिया कम्युनिष्ट पार्टीको काङ्ग्रेसबातट नै ताइवानलाई केही दिन भित्र नै चीनको अभिन्न अङ्ग बनाउने कुरा उद्घोष गरिसकेको छ । अर्कोतर्फ, सन् २०२४ को जनवरीको चुनावले ताइवानको टि.पि.पि. पार्टीको चुनावी अभियान नै स्वतन्त्र ताइवान, प्रजातान्त्रिक ताइवान र समृद्ध ताइवानको नारामा अधारित थियो । टि.पि.पि.लाई चिनियाँ कम्युनिष्ट पार्टीले कम्युनिष्ट शब्दकोषको भाषा अनुसार प्रतिक्रियावदीको संज्ञा दिएता पनि टि.पि.पि.को अमेरिका लगायत पश्चिमा शक्तिहरूको सानीध्यले गर्दा ताइवानको प्रतिव्यक्ति आय चिनियाँ नागरिक भन्दा पॉच गुणा अधिक बढोत्तरी गरेको छ भने संसारले ताइवानलाई प्रजातन्त्रको प्रयोगशालाको रूपमा स्वीकार गरेको छ । यी पृष्टभूमीमा ताइवान र चीन विचको दुरीलाई बुझ्न इतिहासको आलोकको आवश्यकता बुझ्न जरुरी देखिन्छ ।

सन् १८९४ मा जापानले चीनमाथी आक्रमण गर्दा चीन विखण्डित अवस्थामा थियो । सभ्यता र संस्कृतीको सम्वाहक चिनियाँ समाज गरिबी र पछौटेपनको शिकार हुन गयो । चिनियाँ राष्ट्रवादलाई ध्वनित गर्न र जापानको सम्राज्यलाई चुनौती दिन सन यात्सेनको नेतृत्वमा सन् १९१२ मा कुमटायङ्ग पार्टीको उदय भयो । सन् १९२५ मा सन यात्सेनको मृत्यु पश्चात कुम्ट्याङ पार्टी विभाजित भयो । अर्थात् सन् १९२५ मा पार्टी दुई टुक्रामा विभाजित हु‘दै एक तर्पmको नेतृत्व चयाङ्ग काइसेकले गरे भने अर्को कित्ताको नेतृत्व माओत्से तुङ्गले गरे । च्याङस काइसेकले आफ्नो पार्टीको नामाकरण नेशनलीष्ट पार्टी गरे, माओले पार्टीलाई चिनियाँ कम्युनिष्ट पार्टी घोषित गरे । च्याङ काइसेकले प्रजातान्त्रिक शासन व्यवस्था र उदारवादको पक्षमा बकालत गर्थे भने माओको प्रस्तावना साम्यवादको थियो । सन् १९२७ ताका नेशनलिष्ट पार्टीको कार्यकर्तताहरूको अगुवाइमा कम्युनिष्टहरूको ठुलो नरसंहार भयो ।

नरसंहारको केन्द्रविन्दु संघाई सहर थियो । अर्थात् सन् १९२७ को नरसंहारलाई संघाई नरसंहार पनि भनिन्छ । सन् १९२७ को यो नरसंहार गृहयुद्धको शंखनाध थियो । जापान धमिलो पानीमा माछा मार्न उद्धत भइरहेको थियो । सन् १९३१ तका चीनको आन्तरिक कलह र गृह युद्धलाई मध्यनजर गर्दै जापानले चीन माथि आक्रमण गर्यो । क्रुरता र निर्दयतामा जापानी सैनिकहरू महारथ प्राप्त गरेका थिए । जापानी आक्रमणलाई जवाफी कार्यवाही गर्न सेशनलिष्ट पार्टी र कम्युनिष्ट पार्टीै विच राष्ट्रवादको मिलन विन्दुमा सहकार्यको पनि लामो यात्रा प्रारम्भ भयो । तर जापानीहरू टसमस भएन ।

जापान माथि अमेरिकी आणविक हमला पश्चात जापानी कब्जामा रहेका भू-भाग स्वंयसिद्ध तथ्यको आधारमा चिनियाँहरूको मातहतमा गयो । माओ र च्याङ काइसेक बीच द्वन्द्व र कलह रक्तपातको रुप लिदै सन् १९४९ ताका नेशनलीष्ट पार्टीको कार्यक्रताहरूको रगतको खोला नै बग्यो । च्याङ काइसेकको नेतृत्वमा एक टापुमा २० लाख कार्यक्रता सहित नयॉ राजनीतिक यात्राको सुरुवात भयो । त्यही टापुलाई हामी ताइवान भन्छौ ।

चिनियाँ कम्युनिष्ट पार्टीले ताइवानलाई आफ्नो अभिन्न भन्दै आएको छ भने नेशनिलिष्ट पार्टीले समेत चिनियाँ मुख्य भूमीलाई आफ्नो अभिन्न अङ्ग भन्ने गर्दछ । इतिहासको कालखण्डमा अन्तर्राष्ट्रिय मान्यता चीन भन्दा पहिले ताइवानले प्राप्त गरेको थियो । इतिहासलाई दृष्टान्त लिएर विश्लेषण गर्ने हो भने गान्धी र नेहरुको नेतत्वमा रहेको काङ्ग्रेसले भारत पाए झै र जिन्हाको नेतृत्वको मुश्लिम लिगले पाकिस्तान पाए झै कम्युनष्टि पार्टीले चीन र नेशनलिष्ट पार्टीले ताइवान पाएको छ । तर वर्तमान भू-राजनीतिक अवस्थामा ताइवान संसारको हटस्पटको रूपमा परिणत भएको छ । संसारको विद्युत्तीय यन्त्रको चिप्सको कारखानाको रूपमा ताइवान रहेको छ । सेमीकण्डटर लगायत सुक्ष्म विद्युतिय यन्त्रले गर्दा विश्व अर्थतन्त्र ताइवानसंग गासिएको छ ।

ताइवानलाई विश्वका १२ वटा मुलुकहरूसंग मात्रै दौत्य सम्बन्ध रहेको छ जबकि सांस्कृतिक र व्यापारिक सम्बन्ध विश्वका हरेक शक्ति केन्द्रहरूसंग गाँसिएको छ । भारतका पूर्व राजदुत एवंम् सामरिक नीतिका अद्भुत जानकार विजय गोखलेले भर्खरै “क्रसविण्ड”नामक एक पुस्तक प्रकाशित गरेका छन् । चीनबारे जानकारका रूपमा परिचय पाएका गोखलेले यो भन्दा पहिले समेत “टिनामेन स्कावयर” र लौग गेम नामक पुस्तक सार्वजनिक गरेका थिए । गोखलेले सन् १९५४ र सन् १९५८ मा भारतले चीन र ताइवान विच मध्यस्थता गरेको समेत उक्त पुस्तकहरूमा चर्चा गरेका छन् ।

ताइवानसंग भारतको १० विलियन डलरको व्यापार रहेको छ भने ताइवानको तटीय मार्गबाट भारतको व्यापार दक्षिण कोरीया र जापानसंग हुने गर्दछ । भारतको ५० प्रतिशत व्यापारिक कारोवारको यही सामुद्रिक बाटोबाट जोडिएको छ । साथ साथै भारत र सिलकेन भ्याली विच भइरहेको व्यापार ताइवानसंग समेत जोडिएको छ । भारतको सम्पूर्ण विद्युतीय व्यापारमा ताइवानसंग जोडिएको छ । चीनले कुनै किसिमको सैनिक कारबाही गरेको खण्डमा भारतको अर्थतन्त्र प्रभावित हुने गाखलेको तर्क रहेको छ । वर्तमान परिवेशमा चिनियाँ घरेलु मनोग्रन्थीलाई राष्ट्रवादको भाष्यमा परिणत गर्न राष्ट्रपति सीको कम्युनिष्ट पार्टी सक्रिय रहेको छ ।

तिब्वत, हङ्कङ्ग र ताइवान जस्ता भू-भागको मुद्दा चिनियाँ घरेलु राजनीतिमा अधिक चर्चा हुन्छ । कोरोनाको कहर पश्चात चीनको आर्थिक वृद्धदर खस्केको छ । ग्लोवल टाइम्सले ५ प्रतिशतको दावा गरे तापनि अन्तर्राष्ट्रिय शोध संस्थानहरू ५ प्रतिशतको वृद्धि दरलाई समेत प्रश्नको घेरामा राखेको छ । वेरोजगारी दर २० प्रतिशतले बढेको छ भने चिनियाँ अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको रियल स्टेटको व्यापारमा २० प्रतिशतको गिरावट भएको छ । चिनियाँ अर्थतन्त्रको विकासको आधार नै निर्यात रहेको छ जसमा ६ प्रतिशतको गिरावट छ ।

घरेलु खपतमा समेत कमी भएको छ भने जिनसंख्यीक लाभांष क्रमिक रूपले घट्दै गइरहेको छ । यी कारणहरूले गर्दा ताइवानको विर्मश चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण कर्यनीति रहेको छ । ताइवानको मुद्दामा अमेरिका गम्भीर रहेको देखिन्छ । ताइवानको चुनाव लगतै अमेरिकी सेकरेट्री अफ स्टेट विलंकन ताइवानी नेतृत्वलाई बधाई दिएको छ । ताइवान अमेरिकाको सुरक्षा छातामा रहेको छ । अमेरिकी काङ्ग्रेसले ताइवान रिलेशन एक्टद्वारा ताइवानको सुरक्षाको जिम्मेवारी लिएको देखिन्छ । ताइवानको सुरक्षामा अमेरिकाले तत्परता नदेखाएको खण्डमा अमेरिकाको जापान, दक्षिण कोरिया र आसीयानका मुलुकहरूसंग शान्ती र सुरक्षा सम्बन्धि सम्झौताहरू प्रश्नको घेरामा रेखाङ्कित हुन सक्दछ । अर्थात् चीनले कुनै किसिमको सैनिक कार्यवाही गरेको खण्डमा ताइवानको पक्षमा अमेरिकालाई उभिनु भू-राजनैतिक बाध्यताले मजदुर बनाउन सक्ने जानकारहरूको बुझाई रहेको छ । समग्रमा भू-राजनैतिक रडारमा ताइवान रहेको कुरालाई नर्कान सकिदैन ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया