सन्दीप लामिछानेको पक्षमा नारावाजी

काठमाडौं, २५ माघ । ‘सन्दीप चाहियो ! सन्दीप चाहियो !’ कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र क्यानडाबीच खेल चलिरहँदा बिहिबार दर्शकले यस्तो नारा लगाउन थाले । नारा चर्कदै गयो । म्याच चलिरहँदा नारा लागेपछि केहीबेर तनाव भयो ।
नारावाजी गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस क्रममा तनाव पनि भयो ।
बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भएपछि नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने अहिले खेलमा छैनन् । उनीमाथि अदालतले जेल सजाय समेत तोकेपछि पुनरावेदन हालेका छन् ।
सन्दीप आइपीएल समेत खेलका नेपाली बलर हुन् । उनीमाथि एकजना किशोरीले बलात्कारको उजूरी गरेपछि प्रहरीले पक्राउ गरी अनुसन्धानपछि मुद्दा दायर गरेको हो ।