४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बालेनका शहरको मुटुमा ओली टावर


February 7, 2024
3k
Shares

आलोक गौतमः उहिले धरहरा थियो रे सुन्धारा नजिकै । २०७२ सालको भूकम्पले गर्लामगुर्लुम्म ढलेको थियो रे । मान्छेको ज्यान पनि गएको थियो रे । धरहरा कस्ले बनायो भन्द भीमसेन थापाले भनेर पढिन्थ्यो रे । अहिले त्यहाँ ओली टावर छ । सेतो रङ्गको ।

धरहरा परम्परागत सुर्कीले बनाइएको थियो । ईट्टा पनि पुरातात्विक महत्वका थिए रे । अहिलेको ओली टावरमा सीमेन्ट, रड र बालुवा, गिट्टी हालिएको छ । त्यो टावर जादूमय छ । नबन्दै उद्घाटन भयो ।

ओली टावरले पुरातात्विक महत्वको निर्माण सामाग्रीलाई मतलब गरेन । आधुनिक हुनुपर्छ भन्दै सिमेन्टमै ध्यान दियो । एक सय वर्ष पनि नटिक्ने गरी टावर ठड्याइएको छ ।

ओली टावरमा अरबौंको ठेक्का लागेको छ । कमिशनको खेल पनि निकै भयो । बालेन साहले पार्किङ निःशुल्क गराउन खोज्दा शहरी विकास मन्त्री सीता गुरुङको धम्की सुनेका छन् । धरहरामा ठेक्कापट्टा, पार्किङको खेलमा कमिशन हात पार्ने दाउमा छन् मन्त्री र कर्मचारी । सबैको आँ मुख छ ।

धरहरा भाडामा लगाइएको थियो उहिले । देशको सम्पदा नै निजी कम्पनीलाई भाडामा लगाइयो । कम्पनीले कर पनि तिरेनछ । त्यसको जिम्मा लिने को ? नेता र कर्मचारीले कमिशन असुलिसकेका छन् ।
ओली टावरबाट भविष्यमा हेर्ने के ? अव्यवस्थित शहरीकरण ।

ओली टावरले के सिकाउने भावी पुस्तालाई । जसरी हुन्छ कमिशन पाए बनाइहाल्ने । संस्कृति, परम्परा र पुरातात्विक महत्व को के मतलब !

ओली टावरबाट के सम्झने ? ओलीले सांस्कृतिक धरोहर भूकम्पले ध्वस्त पारे भन्दै आधुनिकताका नाममा जे पाए त्यही तरिकाले निर्माण चलाएको । रानीपोखरीमा पनि सिमेन्ट हाल्न खोज्दा विद्यासुन्दर शाक्यलाई हरिप्रभा खड्कीले धन्न विरोध गरिन् । धरहरा भन्दा चाँडै बन्यो रानीपोखरी सुर्कीले ।

ओली टावर त देशैभर बने । झापामा त बनेकै छ । अन्यत्र पनि ओलीका कार्यकर्ताले डाँडाकाँडाको टाकुरामा टावर ठड्याए । मरभूमिको समथरमा मात्र टावर डाँडामा पनि ठावर भन्दै अभियान नै चलाए । ओलीपथ यही हो । टावर ठड्याउने त्यो पनि कमिशन हात पार्नका लागि ।

प्रतिक्रिया