३१ भाद्र २०८१, सोमबार | September 17, 2024

काँग्रेसभित्र हिन्दुराष्ट्र पक्षधर संगठित बन्दै, को को भए सक्रिय


February 4, 2024
3.7k
Shares

काठमाडौं, २१ माघ । नेपाली काँग्रेसभित्र हिन्दुराष्ट्र पक्षधर संगठित बन्दै गएका छन् । उनीहरु आन्तरिक बैठकहरु गर्दै संगठित बनिरहेका हुन् ।

काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले हिन्दुराष्ट्रको पक्षमा खुलेर अभिव्यक्ति दिएपछि तरंग आएको थियो । लोकप्रीय नेताको परिचय बनाएका भण्डारी अहिले यो मुद्याका पक्षधरसँग आन्तरिक छलफलमा व्यस्त भएका छन् ।

भण्डारीसहित नेताहरु देवराज चालिसे, लक्ष्मण घिमिरे, रञ्जीत कर्ण, लोकेश ढकाललगायतले यसबारे शनिबार बैठक गरेका छन् । बैठकमा सागर ढकाल, डा. अनु घिमिरेलगायत सहभागी थिए ।

भण्डारीले एनपी साउद र बालकृष्ण खाँणसँग पनि यो मुद्याबारे छलफल गरिसकेका छन् । साउद र खाँण दुवै हिन्दुराष्ट्र पक्षधर हुन् ।

काँग्रेसभित्र शंकर भण्डारीले पनि हिन्दुराष्ट्रको मुद्या उठाउँदै आएका छन् ।

डा. शेखर कोइराला र डा. शशांक कोइरालाले पनि हिन्दुराष्ट्रको पक्षमा बोल्दै आएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले हालै हिन्दुराष्ट्रको मुद्यामा सकारात्मक अभिव्यक्ति दिएपछि तरंग आएको छ ।

काँग्रेसभित्र उपसभापति पूर्णबहादुर खड्का हिन्दुराष्ट्रको मुद्यामा मौन छन् । अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा भने हिन्दुराष्ट्रको विरोधी हुन् ।

केन्द्रीय समितिमा हिन्दुराष्ट्र पक्षधर बहुमतमा रहन गएपनि पदाधिकारीमा भने अल्पमतको अवस्था देखिन्छ । तर, आउँदो चुनावसम्म हिन्दुराष्ट्र पक्षधर झन् बलियो हुने देखिएको छ ।

प्रतिक्रिया