३१ भाद्र २०८१, सोमबार | September 17, 2024

विद्यार्थी दबाब यात्रामा उर्लियो लहर


February 2, 2024
3.3k
Shares

वीरगन्ज, १९ माघ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आयोजनामा वीरगन्जमा भएको विद्यार्थी दबाब यात्रामा हजारौं सहभागी भएका छन् । शिक्षा क्षेत्रमा समग्र सुधारका लागि विद्यार्थी दबाबमा लहर नै उर्लिएको छ ।

विद्यार्थी दबाब यात्रामा सगरमाथा एवम् जानकी प्रदेश संगठन सचिव एवम् केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, परिषद्का जानकी प्रदेश अध्यक्ष डा। सुस्मा तिवारी, परिषद्का राष्ट्रिय सचिव एवम् जानकी प्रदेश सह(संगठन सचिव कविराज न्यौपाने, केन्द्रीय सदस्य घनश्याम नायक लगायत वीरगन्जका १५ वटा शैक्षिक संस्थाहरूबाट विद्यार्थीहरुको सहभागीता थियो ।

विद्यार्थी दबाब यात्रालाई सम्बोधन गर्दै परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानेले, विश्वविद्यालयका पदाधिकारी नियुक्ति राजनीतिक भागबन्डाको आधारमा गरिने गलत परिपाटीले शिक्षाक्षेत्र धारासायी भएकोले शिक्षाक्षेत्रको दलीय राजनीति भागबन्डाको अन्त्य गर्नुपर्ने, प्रवेश, परीक्षा परिणाम पात्रो, परिसर, प्रश्नपत्र एवम् पाठ्यक्रम, मूल्याकंन पद्धति र शिक्षण विधिमा सुधार गर्नुपर्ने, माध्यमिक तहको शिक्षा अनिवार्यरूपमा निःशुल्क गरिनुपर्ने, विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाइ प्राज्ञिक व्यक्तिलाई नियुक्ति गर्ने नीति अवलम्बन गरिनुपर्ने, क्याम्पस , विश्वविद्यालयहरूमा महापुरुष, नेपालको इतिहास, भाषा, संस्कृति आदि पाठ्यक्रममा समावेश हुनुपर्ने लगायतका विषयहरू उठाउनमा विशेष जोड दिए ।

विद्यार्थी परिषद्का केन्द्रीय सदस्य घनश्याम नायकले शिक्षामा वैदेशिक लगानी अन्त्य गर्दै २० प्रतिशत बजेट विनियोजन हुनुपर्ने साथै सरकारी कर्मचारीको बालबालिकालाई पनि सरकारी बिद्यालयमा पढ़ाउनु पर्ने र शैक्षिक स्तर सुधारमा जोड दिनु भयो । परिषद्का राष्ट्रिय सचिव कविराज न्यौपाने जी नैतिक शिक्षा लागू गरी युवा विद्यार्थीहरुमा स्वदेश प्रेम बढ़ाई राष्ट्र निर्माणमा योगदान दिने जनशक्ति तयार गर्न विशेष प्रयास गर्नुपर्ने बताए ।

विद्यार्थी परिषद्की जानकी प्रदेश अध्यक्ष डा।सुस्मा तिवारीले शिक्षा क्षेत्रमा राजनैतिक हस्तक्षेप बन्द गर्दै गुणस्तरीय तथा सिपमुलक तालिमको व्यवस्था गरी देशमा केही गरिखाने शिक्षा आवश्यक रहेकोे कुरा उल्लेख गरिन् ।

विद्यार्थी नेता प्रभाकर चौरसियाले प्लस टु,स्नातक गरेका विद्यार्थी हरुको विदेश पलायन रोकिन माध्यमिक तह देखी नै पढ़दै कमाउदै कार्यक्रम लागू गरी डिजिटल मीडिया साहितको सिप सिकाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया