३१ भाद्र २०८१, सोमबार | September 17, 2024

दरबार हत्याकाण्डको ग्रान्डडिजाइनर को को ?


January 30, 2024
7.1k
Shares

काठमाडौं, १६ माघ । नेपालको इतिहासमा तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाशको घटनामा जे जस्ता प्रतिवेदन सरकारी तहबाट आए त्यसलाई सर्वसाधारण पत्याउँदैनन् । २०५८ जेठ १९ गते शुक्रबार राति भएको हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्र शाहले आफ्ना मातापिता, भाईबहिनी र नातेदारलाई ताकी ताकी गोली हानी हत्या गरेपछि आत्महत्या गरेको सरकारी छानविन समितिको प्रतिवेदन छ ।

तर, घटनापछि जे जस्ता रहस्यम गतिविधि भए त्यसले कोही पनि दीपेन्द्र शाहले हत्या गरेको भनी पत्याउँदैनन् । यो देश र विदेशबाट माफिया लागेर रचेको षड्यन्त्र हो भन्ने विभिन्न समयमा लेखिएका पुस्तकले पनि बताइरहेको छ । वीरेन्द्रको वंशनाशपछि उनकै भाई ज्ञानेन्द्र शाह गद्दीमा बसे । तर, शाह नै नेपालका अन्तिम राजा बने । उनी राजसंस्था फर्काउने अभिलाषाका साथ सक्रिय छन् । देश दौडाहामा रहेका शाहले दरबार हत्याकाण्डबारे अभिव्यक्ति दिएपछि तरंग आएको छ ।

शाहको अभिव्यक्तिपछि प्रधानमन्त्री प्रचण्डले आक्रोशित हुँदै यो हत्याकाण्डको फेरि छानबिन गर्ने भनेका छन् । यसले पनि राजनीतिकवृत्तमा तरंग आएको छ । एकाथरी पूर्वराजा ज्ञानेन्द्र शाहलाई हत्याकाण्डका मुख्य योजनाकार ठान्छन् अर्काथरी नेपालमा राजसंस्था नै अन्त गर्ने गरी भएको माओवादी गतिविधिसँग जोडेर बाह्य शक्तिको षड्यन्त्र ठान्छन् ।

नेपालको इतिहासमा वीरेन्द्रको वंशनाश मात्र ठूलो हत्याकाण्ड होइन । त्योभन्दा अघि कोतपर्व, भण्डारखाल पर्व जस्ता हत्याकाण्डहरु भए जसले सत्तामा बसेका र तिनका परिवार नै सखाप पारेको थियो । राणाकालमा पनि धेरै हत्याकाण्डहरु भए । सोही कालमा ती हत्याकाण्डको यथार्थ बाहिर लिखित रुपमा नआएपनि इतिहासकारहरुले उत्खनन गरी लेखे ।

दरबार हत्याकाण्डमा तत्कालीन सेनापति थिए प्रज्ववल शमशेर जबरा । सेना, प्रहरी र गुप्तचर निकायको सुरक्षा घेरामा रहेका राजा परिवारसहित किन मारिए भन्ने चासो अझै छ ।

रोचक त यो छ कि वीरेन्द्रको वंशनाश पछि उनी र परिवारको नाममा विदेशी बैंकमा रहेको रकमबारे खुल्यो । विभिन्न देशमा रहेको लगानीबारे पनि खुल्यो । विदेशी बैंकबाट त नेपाल ट्रष्टको नाममा केही रकम फिर्ता पनि ल्याइयो । अन्य सम्पत्ति भने नाम चलेका व्यापारीले आफ्नो हातमा पारेका छन् । वीरेन्द्रको वंशनाश पछाडि उनको राजनीतिक निर्णय देखि सम्पत्ति पनि कारक हुनसक्छ ।

अफ्रिकामा विदेशमा सम्पत्ति थुपार्ने तानाशाहहरुको हत्या भएको धेरै घटनाहरु छन् । गरिब देशका नेताको सम्पत्ति जब विदेशमा थुप्रन्छ तब त्यो सायदै फर्कन्छ । त्यस्ता सम्पत्तिमा माफियाको आँखा हुन्छ र ठूला हत्याकाण्ड हुनसक्छ ।
वीरेन्द्रको वंशनाश पछाडि उनले चालेका कतिपय कदम पनि हुनसक्छन् जसमा बाह्य शक्तिले मन पराइरहेको थिएन । शाहले ठूलै शक्तिहरुको नेपाल मामलाको स्वार्थको विपरित काम गर्दा तारोमा परेका हुनसक्छन् ।

अर्को सम्भावना भनेको दरबारभित्रको आन्तरिक शक्तिसंघर्ष पनि हुनसक्छ जसलाई नकार्न सकिदैन । नेपालको इतिहास केलाउँदा दरबारभित्रको शक्तिसंघर्षमै बाह्य शक्तिले खेलेको देखिन्छ । वीरेन्द्रको वंशनाश पछाडि पनि यही कारण नकार्न सकिदैन । उनको वंशनाशपछि राजा बनेका ज्ञानेन्द्र शाहको पतन कुनै ग्रान्डडिजाइनविना सम्भव हुँदैन । उनको पतनसँगै नेपालमा कम्युनिस्ट शक्तिहरु झन् बलियो बने । देशको धर्म संस्कृतिमाथि एकपछि अर्को प्रहार बढ्यो । जातीय र क्षेत्रीय द्वन्द्वहरु बढ्न गई संकटहरु बढिरहे ।

प्रतिक्रिया