३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्राज्ञिक विद्यार्थी परिषद्को देशव्यापी अभियान कर्णालीमा तिव्र गतिमा, शिक्षामा चुनौती र समाधान खोजिदै


January 27, 2024
2.5k
Shares

सुर्खेत, १३ माघ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले देशव्यापी अभियानलाई अझ विस्तार गर्दै लगेको छ । प्राज्ञिकको कर्णाली प्रदेश शाखाले देशको शिक्षाक्षेत्रको समग्र अवस्था,चुनौती र समाधान बिषयक शिक्षा कार्यशाला आज सुक्रबार मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा सम्पन्न गरेको छ ।

शुक्रबार प्रमुख अतिथि मध्यपश्चिम विश्वविद्यालय का बहालवाला उपकुलपति प्रा।डा नन्द बहादुर सिँहले शिक्षा क्षेत्रमा अब गम्भीर रुपमा सोच्नुपर्ने बताएका छन । सिँहले हाल नेपालमा भईरहेको शिक्षामा ,विश्वविद्यालयहरूको उपकुलपति, रेक्टर, रजिस्ट्रार दलीय भागबन्डाबाट नियुक्ति हुने परिपाटीको अन्त्य गर्नु पर्ने, नैतिक शिक्षा लागू गर्नु पर्ने, ट्रास्कृप्ट लिने व्यवस्था अनिवार्य रूपमा अनलाइनबाट गरिनु पर्नेमा प्राज्ञिक विद्यार्थी परिषद् ले आवाज उठाउनु पर्ने कुरा राखेका छन। साथै उनले उपकुलपति नियुक्तिका लागि दलको नेताहरूलाई भेटन बन्द गर्दै कसरी विश्वविद्यालय राम्रो र उत्कृष्ट बनाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रीत गर्न अनुरोध गरेका छन ।

कार्यक्रम प्रस्तुतकर्ता प्रा।डा विजु थपलिया नेपाल समग्र शिक्षाको अवस्था को अवस्था बारे प्रस्तुत गर्नुभएको थियो । विद्यार्थीहरुलाई फरक कुराहरु तथा अतिरिक्त क्रियाकलाप मा जोड दिनुपर्ने , शिक्षक हरुलाई तलब बडाउनुपर्ने र शैक्षिक सुधारमा जोड दिनुपर्ने प्रस्तुत गरका थिय ।

पुर्व डिन पुर्वाअञ्चल विश्वविद्यालय टिप्पणीकर्ता कर्णाली प्रदेश योजना आयोगका माननीय सदस्य जितबहादुर शाहले नेपालको शैक्षिक स्थिति खस्किदो अबस्था रहेको बताए । उनले दिवा खाजा , छात्रावृत्ति मा वृद्धि र यस्तो बेला शिक्षक विद्यार्थी को मनमा बसेर साथित्वको भावनाले शिक्षा दिनुपर्ने र शिक्षकले आफ्नो आचारसंहिता पूरा अगाडि बढि हिडेमा कर्मचारी भन्दा शिक्षक को तलब धेरै हुनुपर्छ ।

टिप्पणीकर्ता नारायण सिक्देल ले आफू पढ्दै कमाउदै कुरा जनज्योति मा।वि मा सुरुवात भएको र हाल देशभर उक्त कार्यक्रम लागू भएको कुरा बताए । यो देशका विद्यार्थी हरुलाई सिल्लामा स्याउ टिप्न लगाईयो तर जुम्लामा स्याउ लाउन सिकाएन , अबको युवाले आफ्नो कमाई खानुपर्छ बाबुको हैन यो बिषयमा अनिवार्य रुपमा लाग्नुपर्ने बताए । अबको शिक्षकले विद्यार्थीलाई कमाउन लगाउन र आफू पढ्दै कमाउदै कार्यक्रमलाई थप उचाइमा पुर्याउन अनुरोध गरेका छन् ।

टिप्पणीकर्ता सुदिप ठकुरि मध्यपश्चिम विश्वविद्यालय का डिनले उत्पादन क्षेत्रलाई बढाउन नसके शिक्षामा सुधार ल्याउन सकिँदैन । जहाँ अभाव छ त्यहाँ समस्याहरू देखिन्छन् । यी कुराहरुमा ध्यान केन्द्रीत हुनुपर्छ , देशको अर्थतन्त्र मजबुत हुदाँ देशको शिक्षा मा टेवा पुग्ने विचार व्यक्त गरे।

वाहिरबाट , शिक्षा एउटा मेरुदण्ड हो, निसुल्क शिक्षा नेपालमा लागू सबैठाउँ प्रभावकारि नभएको , शिक्षालाई उत्पादन सँग जोडेर लैजानु पर्छ , पेशागत रुपमा लाग्नेले पनि कर्तव्य पूरा गर्नुपर्ने , पाठ्यक्रम अभ्यासमुलक , व्यवहारमुलक बनाउन आवस्यक छ । विद्यालय खोल्दा अलि ध्यानाकर्षण हुन र शिक्षक छनोटमा पनि ध्यान दिन आवश्यक , शिक्षक बिहिन विद्यालय पनि धेरै छन , शिक्षकको काम ईन्डिकेटरमा वा तालिकामा यति यति गर्नुपर्ने । अबिभावक पनि सुधार हुन जरुरत छ , विद्धालय लाई सुधार केन्द्र सम्झिन्छ कुरामा चेतना परिवर्तन हुनुपर्ने उपस्थित बाट आएको थियो ।

प्रतिक्रिया