७ आश्विन २०८१, सोमबार | September 23, 2024

नेपालमा ठेक्कापट्टा र कारोबार, विदेशमा घूसको लेनदेन


January 26, 2024
830
Shares

काठमाडौं, १२ माघ । देशमा माफिया यति हावी भइसकेका छन् कि राज्यको महत्वपूर्ण निकायमा उनीहरु हर्ताकर्ता छन् । यतिसम्मकी मन्त्री हुँदै प्रधानमन्त्री समेत आफू अनुकूलको व्यक्तिलाई ल्याउने हैसियत बनाइसकेका छन् ।

माफियाले आफू अनुकूलका व्यक्तिलाई राज्यको महत्वपूर्ण निकायमा नियुक्ति दिलाइरहेका छन् । यसबाट अरबौंको ठेक्कापट्टा हात पार्ने देखि कारोबार समेत आफू अनुकूल बनाउने गरिरहेका छन् ।

एनसेल कर छली प्रकरणमा सिंगो सरकारलाई नै माफियाले प्रभावित बनाए । उनीहरुले सिधै अरबौंको कमिशन मिलाएर राज्यलाई ठगी गर्न खोजे । सरकारमा रहेकाहरु त्यसको बचाऊमा लागे ।

सूचना प्रविधिको क्षेत्रमा विकल पौडेल र सुनिल पौडेलको गिरोहबारे धेरै तथ्य उजागर भइसकेको छ । नेपाली पेनले यो समूह विदेशमै घूसको लेनदेन गर्दथ्यो भनी खुलासा गरेको थियो । उनीहरुले सूचना प्रविधिको क्षेत्रका अरबौंको ठेक्का त हात पारे नै नेपालको भाषा संस्कृतिमाथि नै प्रहार गर्ने योजनाको हली बने ।

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा नराख्ने योजना बन्यो । राष्ट्रिय परिचयपत्रमार्फत् नेपाली संस्कार र संस्कृतिमाथि आक्रमण भयो । उनीहरुले आर्थिक लाभ त गरे नै कुनै छद्म शक्तिको हितमा काम गरे ।

पछिल्लो समय देशमा ठूलो कारोबार र ठेक्काको घूस लेनदेन विदेशमा भइरहेको छ । त्यस्ता घूस लेनदेन गराउनेहरु दुबई, सिंगापर जस्ता देशहरुमा मुकाम बनाएर बसेका छन् । देशको पैसा विदेशिएको छ । यसमा मुख्य दलका नेता नै प्रभावित भई कार्य गरिरहेका छन् ।

प्रतिक्रिया