२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

रौतहटमा हनुमान मन्दिर र ब्रम्हास्थानमा आगजनीमा संलग्नलाई कारबाहीको माग


January 25, 2024
996
Shares

काठमाडौं, ११ माघ । विश्व हिन्दू परिषद् नेपालले रौतहटमा ८ माघमा हनुमान मन्दिर ब्रम्हास्थानमा आगजनीमा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेको छ । परिषद्ले बिहिबार विज्ञप्ति जारी गर्दै उक्त घटनालाई हिन्दू समाजमाथि ठाडो आक्रमण भन्दै दोषीलाई कानूनी दायरामा ल्याउन प्रशासन समक्ष जोडदार माग समेत गरेको छ ।

८ माघमा भारतको अयोध्यामा श्री राम मन्दिरको प्राण प्रतिष्ठाको लगत्तै रौतहटको ईशनाथ नगरपालिकास्थित हनुमान मन्दिर र ब्रम्हास्थानमा आगजनी गरी आक्रमण गरिएको थियो । पछिल्लो समय हिन्दूहरुमाथि कतिपय स्थानमा आक्रमण गरी अपराधीहरुका मनोबल बढेको परिषद्को ठहर छ ।

प्रतिक्रिया