१० असार २०८१, आइतबार | June 24, 2024

गणतान्त्रिक भारतको यात्राः नेहरूदेखि मोदीसम्म


January 25, 2024
2.2k
Shares

विपिन देवः सन् १९५०, २६ जनवरीदेखि भारतमा गणतन्त्र दिवस मनाउने परम्पराको थालनी भएको छ । अर्थात् भारतका लागि पुनित यो दिनमा संविधान लागू भएको थियो । सन् १९४७ अगस्त १५ मा स्वतन्त्रता प्राप्त गरेता पनि संविधान सन् १९५०, २६ जनवरी नै लागू भएको थियो । संसारको सबभन्दा बाक्लो संविधान मस्यौदा तयार गर्दा १३ किलोको थियो । संविधान सभाका प्रारूप समितिका अध्यक्ष स्वंय डा. भीमराव अम्वेडकर थिए । अम्वेडकरको विराट बौद्धिक व्यक्तित्वको सालिक अहिले पनि अमेरिकाको कोलम्बिया विश्व विद्यालय र बेलायतको लण्डन स्कूल ऑफ इकनोमिक्स रहेको छ । अर्थात् यी दुईवटै विख्यात विद्यापिठहरूमा अम्वेडकरको प्रतिभालाई कदर गर्दै उनको प्रतिमा राखिएको छ ।

गणतान्त्रिक यात्रा सुरू गर्दा प्रधानमन्त्रीको पहिलो कार्यकाल जवाहरलाल नेहरुवाट सुरू हुन जान्छ । भारतका वरिष्ठ वौद्धिक व्यक्तित्व डा. करन सिंहले आफ्नो विदाई समारोह एउटा राज्य सभामा गहकिलो अभिव्यक्ति दिएका थिए । उनले उदगार प्रगट गर्दे के भनेको थिए भारतीय गणतान्त्रिक यात्राको सर्वोतम पक्ष नै हरेक प्रधामनमन्त्री नेहरुदेखि मोदीसम्म भारत निर्माणको एउटा नयॉ अनुष्ठान रहदै आएको छ । वर्तमान परिवेशमा पण्डित नेहरुको वारेमा नकारात्मक भाष्य अधिक निर्माण भइरहेको अवस्था छ । गुण र दोषको आलोकमा कुनै मूर्धन्य व्यक्तित्वको चरित्रलाई दृष्टिगौचर गर्न उचित हुन्छ । सन् १९५१ म प्रथम चुनाव गराउनु नेहरुको सबभन्दा ठुलो उपलब्धि थियो । सताब्दीयौदेखि साम्रराज्यवादको चपेटा रहेका ८० प्रतिशतभन्दा अधिक निरक्षर जनतालाई प्रजातान्त्रिक संरचनामा समाहित गर्नु नेहरुको ठुलो उपलब्धि थियो । शिक्षा, उद्यौग, पूर्वाधार जस्ता हरेकह क्षेत्रमा विकासको शिल्यान्यास गर्ने नेहरु नै थियो । नेहरुको व्यक्तित्च्व र कृतित्वबाट स्वंय अलर्वट आइगस्टाइन प्रभावित थिए । नेहरुको पुस्तक “डिस्कोभरी ऑफ इण्डिया” पढेर आइगष्डाइन स्वयं मोहित भएका थिए । रविन्द्र नाथ टाइगोरले नेहरुलाई “ऋतुराज”को उपाधि दिएका थिए । उनका जीवनीकार एम.जे.कब्रकरले नेहरुको परराष्ट्र नीतिलाई प्रश्नको घेरामा राखेका छन् । नेहरुको सिफारिशले नै गर्दा चीन सुरक्षा परिषदको स्थायी सदस्यता प्राप्त गरेको थियो । साथ-साथै चीनलाई एउटा राष्ट्रको रूपमा दौत्य सम्बन्धको माध्यमबाट स्वकार गर्ने सबभन्दा पहिले भारत नै थिए ।

काश्मिरको समस्यालाई अन्तर्राष्ट्रिय करण गर्नुलाई नेहरुको ऐतिहासिक भूलको रूपमा लिइन्छ । तर भारतलाई राष्ट्रको रूपमा विश्वमा एउटा नयॉ पहिचान बनाउनु, प्रजातन्त्रलाई संस्थागत गर्नु र औद्योगीकरणको लागि पूर्वाधार बनाउनुको श्रेय नेहरुलाई जान्छ । नेहरु पश्चात लाल बहादुर शास्त्रीको छोटो कार्यकाल भारतको इतिहासमा स्वर्ण अक्षरले कोरिएको छ । सदाचार र सादगीको प्रतिमूर्ति शास्त्रीको बारेमा सोभीयत नेता क्रुसचेभको भनाई वडो मार्मिक देखिएको छ । सोभियत भूमीमा शास्त्रीलाई खादीको कुर्तामा पाउ‘दा क्रुसजेभ चकित हु‘दै चीसोबाट खप्न उनलाई एउटा कोट उपहार दिएका थिए । ठिक एक दिन पछि क्रुसचेभ शास्त्रीलाई भेटदा त्यो कोट शास्त्रीले साथीलाई दिएको उनले पाए । चकित हु‘दै क्रुसचेभले सोध्दा शास्त्रीले के जवाफ दिएका थिए कि मभन्दा मेरो साथीलाई बढी चीसो लाग्छ त्यस कारण मैले उनलाई कोट दिए ।

क्रुसचेभले स्वीकार गर्दै उल्लेख गरेका छन् कि सादगी र सदाचारमा कम्युनिष्ट भन्दा पनि गान्धीवादीहरू अब्बल हुन्छन् । शास्त्रीको महत्वपूर्ण उपलब्धि नै भारतमा नयॉ आत्म विश्वास जगाउनु थियो । अर्थात् सन् १९६२ को चीनसंग पराजित भए पछि भारतीय मनोग्रन्थीमा लघुताभाष संचार भएको थियो । सन् १९६५ मा पाकिस्तानलाई पराजित गरेर शास्त्रीले भारतेलीहरूको आत्मविश्वास प्रत्यारोपण गरे । “जय जवान र जय किशान”का नाराका जनक शास्त्री नै थिए । अमेरिकाले खाद्यानको आपूर्ति नगर्ने धम्की दिए पछि हरेक नागरिकलाई सातामा एक दिन उपवाश बस्न आग्रह गर्दै त्यसको थालनी प्रधानमन्त्री निवासबाट सुरू गर्ने शास्त्री नै थिए । शास्त्रीको नीतिले नै गर्दा भारतमा कृषि क्रान्तीको श्री गणेश भयो ।

शास्त्री युग पश्चात इन्दिरा गान्धीको युग पनि रोचक रहेको छ । गान्धी र नेहरुको अभिभाकत्वमा पल्लवित र पुस्पित इन्दिरा राजनीति समीकरणमा खपिप्स र माहिर थिइन । उनका जीवनीकार पापुल जायकरले इन्दिरालाई अन्तरमुखी चरित्रको रूपमा व्याख्या गरेकी छिन् । इन्दिराका अर्का जीवनीकार इन्दर मलहोत्राले इन्दिराको सबभन्दा महत्वपूर्ण पक्ष नै राष्ट्र प्रति समर्पण थियो । सत्तरीको दशकमा पाकिस्तानमा आन्तिरक मामिलामा हस्तक्षेप गर्दै पूर्वी पाकिस्तानबाट तौड्दै नयॉ देश “बङ्गलादेश”को धाइआमाको रूपमा इन्दिरालाई इतिहासकारहरू समीक्षा गर्दछन् । त्यो घडी बडो संकटपूर्ण थियो । अमेरिकी राष्ट्रपति निकस्नले भारत माथि सैनिक कार्यवाय गर्न उद्धत हु‘दै सेभेन फिलिटलाई हिन्द महासागरमा परिचालित गरिसकेका थिए भने पाकिस्तानको पक्षमा चीनले समेत भारत माथि हमला गर्न तम्त्यार रहेको अवस्था थियो । तर कूटनीतिको महारथ प्राप्त गरेकी इन्दिराले सन् १९७१ म सोभियत रुस शास्त्री सम्झौता गरेर अमेरीका र चीनको रणनीतिलाई निस्तेज गरिन । अर्थात् शान्ती सम्झौताको मर्म के थियो भने भारतलाई आक्रमण गर्नुको अर्थ सोभियत रुससंग युद्ध स्वीकार गर्न थियो । तत्कालीन परिवेशमा अमेरिका र चीनको सैनिक सार्मथ्य सोभियत रुसको चुनौती स्वीकार गर्नु थिएन ।

इन्दिराको कमजोर पक्षको रुपमा उनको आपत्तकालीन समयलाई लिइन्छ । आपत्तकालीन समय घोषणा गरेर भारतलाई प्रजातान्त्रिक बाटोबाट केही समय उनले विचलित गरेता पनि जे.पी. आन्दोलनबाट पुनः भारत प्रजातान्त्रिक यात्रा आरम्भ गर्यो । जे.पी. आन्दोलनको राप र तापबाट सत्ताच्यूत भएकी इन्दिरा प्रजातान्त्रिक पद्धतिबाट नै सत्तामा पुनः फर्किइन् । इन्दिराको युग पश्चात राजीवको युग पनि रोचक देखिएको छ । बङ्गलादेशको जन्म पश्चात भारत क्षेत्रीय शक्तिको रुपमा स्थापित भइसकेको थियो । राजीवको कार्यकालमा श्रीलङ्का र माल्दिभ्समा भारतले सैन्य हस्तक्षेप गरेको थियो भने सार्कलाई बडो जोडका साथ अगाडि बढाउने राजीव नै थिए । राजीवको गुरुयोजना नै भारतलाई आधुनिकीकरण गर्नु थियो । बङ्गालका मुख्य मन्त्री ज्योती वंशु उनलाई मिस्टर कम्प्युटर भन्ने गर्थे । सुचना प्रविधिलाई भारत भित्राउने राजीव नै थिए । उनका जीवनीकार अश्वनी भटनाकरले आप्mना पुस्तक राजीवलाई “डिजिटल इण्डिया”को जनकको रूपमा व्याख्या गरेका छन् । युवा रोजगार र वैज्ञानिक अनुसन्धानमा राजीवको गहिरो रुची थियो । उनले  क्याविनेटमा युवा पंक्तिलाई नै यथेष्ट ठाउ‘ दिएको थियो । राजेश प्यालोट, गुलामनवी अजाद, र माधव सिंह सिन्धया जस्ता नेताहरू यसमा प्रतिनिधि उदाहरणहरू हुन् ।

राजीवको सबभन्दा महत्वपूर्ण उपलब्धि चीनसंगको सम्बन्ध हो । सन् १९६२ पश्चात शिथिलिकरण भएको सम्बन्धलाई पुर्नजागरण गराउने काम राजीवले गरे । सन् १९६२ पश्चात शिथिलिकरण भएको सम्बन्धलाई पुर्नजागरण गराउने काम राजीवले गरे । सन् १९८८ मा प्रधानमन्त्रीको रूपमा चीन भ्रमण गर्दा चिनियाँ नेतासंग देङ्गसंग उनले सम्झौता गर्दै बोर्डरको समस्यालाई थाती राख्दै भारत र चीनले व्यापारिक सम्बन्धलाई अगाडि बढाउन सहमति भएको थियो । राजीवको नीतिले गर्दा वर्तमान परिवेशमा भारत चीन विच १२५ विलियन भन्दाम अधिक व्यापारिक कारोवार रहेको छ । राजीवको युग पश्चात नरसिंहा रावको युग राजनीति, कूटनीति र अर्थनीतिको लागि वडो रोचक रहेको छ । राव अद्वितिय विद्वान थिए । उनको समयमा भारतको राज्यकोष २ अरब डलरको मात्र थियो । भारतको सबभन्दा नजीकको मित्र सोभियत विघटन भइसकेको थियो । जर्जर आर्थिक अवस्था र राम जन्मभूमीको आन्दोलनको भारत अस्थिरतातर्फ लम्किने अवस्थामा थियो । नरसिंहा रावलाई राजनीतिमा चाणक्यको विम्वसंग पनि तुलना गरिन्छ ।

भारतलाई खुला अर्थतन्त्रमा प्रवेश गराएर चमत्कारि रूपमा आर्थिक वृद्धि गराउने राव नै थिए । अर्थात् ३ दशमलब ५ वटा ८ दशमलब ५ मा आर्थिक विकास दर बढाउने उनको प्रधानमन्त्रित्वकालमा नै भएको थियो । इजरायलमा दुतावास खोल्नु र त्यही दिन प्यालीष्टानी नेता यासर अराफातलाई दिल्लीमा स्वागत गर्नु जस्ता परिघटनालाई उनका जीवनीकार विजय सीदापत्तिले आफ्नो पुस्तक “हॉफ लायन”मा रावलाई कूटनीतिको महापण्डितको रूपमा व्याख्या गरेका छन् । उच्च बौद्धिक क्षमताबाट अमेरिका सदनमा प्रजातन्त्रलाई सुत्रात्मक रूपमा व्याख्या गरेर अमेरिकी सदनलाई मन्त्रमुग्ध गराउने राव नै थिए । राव उपरान्त वाजपेयीको शासन काल पनि कम रोचक छैन । वाजपेयी रावको व्यक्तिगत सम्बन्ध वडो सुमधुर थियो । वाजपेयीको कविता संग्रहको विमोचन स्वंय रावले गरेका थिए । रावले आणविक तयारी गरिसकेका थिए । तर काङ्ग्रेस पार्टीको अभिमत विना उनको कार्यकालमा यो सम्भव थिएन । इतिहासले त्यो सौभाग्य बाजपेयीलाई दियो ।

आणविक परीक्षण हुन वित्तिकै अमेरीकाको आर्थिक नाकावन्दी भारतलाई झेल्नु पर्यो । तर चतुर वाजपेयीले क्लिन्टनलाई रिझाउन आफ्ना परराष्ट्र मन्त्री जशवन्त सिंहलाई जिम्मा दिए । जसवन्त सिंहले गरेका कूटनीति अभ्यास र कौशलताको वारेमा आप्mना पुस्तक “माइ अनर टु नेशन” मा विस्तृत चर्चा गरेका छन् । वाजपेयीको कार्यकालमा पाकिस्तानसंगको सम्वन्ध सुधार गर्न ठुलो गृहकार्य भएको थियो । वाजेपेयीको लाहोर बस यात्रा र मुसरफको आगरा समिट यसका उदाहरण हुन् । वाजपेयीको समयमा काठमाडौंबाट कन्दाहार इण्डियन एलल्यान्स अपहरण, भारतीय संसद भावनमा आतंकवादी हमला र कारगील युद्ध आतंकवाद महत्वपूर्ण घटनाहरू हुन् । वाजपेयीले कूटनीतिक सम्कन्धलाई उच्च महत्व दिदै भारतलाई आर्थिक विकासको गोरेटोमा लगेको देखिन्छ । वाजपेयीलाई सफल बनाउने सबभन्दा महत्वपूर्ण पात्रको रूपमा लालकृष्ण आडवाणीलाई लिइन्छ । आडवाणीका पुस्तक “माइ लाइफ एण्ड माई नेशन”मा वाजपेयी आडवाणीको समनव्यनकारी सम्बन्धको वारेमा रोचक चर्चा गरिएको छ ।

वाजपेयीको कार्यकाल पश्चात डा. मनमोहन सिंहको कार्यकाल सुरु भएको देखिन्छ । अक्सफोर्ड र क्यामव्रीजबाट शिक्षित र दिक्षित डा. सिंहको अर्जुनदृष्टि नै आर्थिक विकासमा रहेको थियो । रावको कार्यकालमा अर्थमन्त्रीको रूपमा ख्याती प्राप्त गरेका डा. सिंहलाई भारतीय खुला अर्थतन्त्रको जनकको रूपमा चित्रण गरेको देखिन्छ । उनको अर्थतन्त्रको सिद्धान्तलाई “मनमोहनीक सिद्धान्त” पनि भनिन्छ । आफ्ना पुस्तक एक्सीडेन्टल प्राइम मिनिस्टरमा उनको कार्यकालको सबभन्दा ठुलो उपलब्धिको रूपमा अमेरिकासंग भएको न्यूकिलियर सम्झौतालाई लिएको छ । डा. सिंहले अमेरिकासंग न्यूकिलियर सम्झौता नगरेको भए वर्तमान परिवेशमा भारत अमेरिकी सम्बन्धले यस्तो उ‘चाई लिन सक्ने थिएन । डा. सिंहको कार्यकाल पश्चात भारतले नयॉ युगमा प्रवेश गरेको छ ।

सन् २०१४ देखि भारत मोदी युगमा प्रवेश गरेको छ । सन् २०१४ देखि ९ वर्ष भारतको इतिहासको लागि बडो सुनौलो समय रहेको छ । मोदीकाललाई भारतको अमृतकालका रुपमा व्याख्या गर्न थालिएको छ । सन् २०१४ मा विश्वको १० औं अर्थतन्त्र आज पॉचौ अर्थतन्त्रको रूपमा रुपान्तरित भएको छ । कोरनाको कहर, रसिया – युक्रेन युद्ध र इजरायल हमास युद्धको वाछिटा हु‘दा हु‘दै पनि संसारको सबभन्दा तीव्र गतिले विकास भइरहेको अर्थतन्त्रको रुपमा भारत देखिन्छ । विश्वको सबभन्दा ठुलो औषधालय हुनु, संसारका सबभन्दा बढी डाटाको प्रयोग हुनु, जनसांख्यीक लाभांष अधिक हुनु जस्ता सुचकहरूले गणतन्त्रले ल्याएको परिर्वतनलाई जगजाहेर गर्दछ । भारतले यही कालमा अन्तरीक्षमा अभूतपूर्व उपस्थिति देखाएको चन्द्रमामा यानको सफल अतवरण पछि सूर्य र अन्य ग्रहको अध्ययन सुरु गरेको छ । सैन्य उपकरणहरुमा अभूतपूर्व सफलता हासिल गरेको छ । रेलसेवा र हवाई सेवामा अभूतपूर्व उपलब्धि हासिल गरेको छ । भारतले आफ्नो संस्कृति र पहिचानलाई सशक्त मात्र बनाएको छैन सनातन संस्कृति विश्वभर फैलाउन सफल भएको छ । भारत क्षेत्रीय शक्तिबाट विस्तारै विश्वशक्तितर्फको यात्रामा बढिसकेको देखिन्छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना !

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया