१० बैशाख २०८३, बिहिबार | April 23, 2026

गणतान्त्रिक भारतको यात्राः नेहरूदेखि मोदीसम्म


January 25, 2024
2.2k
Shares

विपिन देवः सन् १९५०, २६ जनवरीदेखि भारतमा गणतन्त्र दिवस मनाउने परम्पराको थालनी भएको छ । अर्थात् भारतका लागि पुनित यो दिनमा संविधान लागू भएको थियो । सन् १९४७ अगस्त १५ मा स्वतन्त्रता प्राप्त गरेता पनि संविधान सन् १९५०, २६ जनवरी नै लागू भएको थियो । संसारको सबभन्दा बाक्लो संविधान मस्यौदा तयार गर्दा १३ किलोको थियो । संविधान सभाका प्रारूप समितिका अध्यक्ष स्वंय डा. भीमराव अम्वेडकर थिए । अम्वेडकरको विराट बौद्धिक व्यक्तित्वको सालिक अहिले पनि अमेरिकाको कोलम्बिया विश्व विद्यालय र बेलायतको लण्डन स्कूल ऑफ इकनोमिक्स रहेको छ । अर्थात् यी दुईवटै विख्यात विद्यापिठहरूमा अम्वेडकरको प्रतिभालाई कदर गर्दै उनको प्रतिमा राखिएको छ ।

गणतान्त्रिक यात्रा सुरू गर्दा प्रधानमन्त्रीको पहिलो कार्यकाल जवाहरलाल नेहरुवाट सुरू हुन जान्छ । भारतका वरिष्ठ वौद्धिक व्यक्तित्व डा. करन सिंहले आफ्नो विदाई समारोह एउटा राज्य सभामा गहकिलो अभिव्यक्ति दिएका थिए । उनले उदगार प्रगट गर्दे के भनेको थिए भारतीय गणतान्त्रिक यात्राको सर्वोतम पक्ष नै हरेक प्रधामनमन्त्री नेहरुदेखि मोदीसम्म भारत निर्माणको एउटा नयॉ अनुष्ठान रहदै आएको छ । वर्तमान परिवेशमा पण्डित नेहरुको वारेमा नकारात्मक भाष्य अधिक निर्माण भइरहेको अवस्था छ । गुण र दोषको आलोकमा कुनै मूर्धन्य व्यक्तित्वको चरित्रलाई दृष्टिगौचर गर्न उचित हुन्छ । सन् १९५१ म प्रथम चुनाव गराउनु नेहरुको सबभन्दा ठुलो उपलब्धि थियो । सताब्दीयौदेखि साम्रराज्यवादको चपेटा रहेका ८० प्रतिशतभन्दा अधिक निरक्षर जनतालाई प्रजातान्त्रिक संरचनामा समाहित गर्नु नेहरुको ठुलो उपलब्धि थियो । शिक्षा, उद्यौग, पूर्वाधार जस्ता हरेकह क्षेत्रमा विकासको शिल्यान्यास गर्ने नेहरु नै थियो । नेहरुको व्यक्तित्च्व र कृतित्वबाट स्वंय अलर्वट आइगस्टाइन प्रभावित थिए । नेहरुको पुस्तक “डिस्कोभरी ऑफ इण्डिया” पढेर आइगष्डाइन स्वयं मोहित भएका थिए । रविन्द्र नाथ टाइगोरले नेहरुलाई “ऋतुराज”को उपाधि दिएका थिए । उनका जीवनीकार एम.जे.कब्रकरले नेहरुको परराष्ट्र नीतिलाई प्रश्नको घेरामा राखेका छन् । नेहरुको सिफारिशले नै गर्दा चीन सुरक्षा परिषदको स्थायी सदस्यता प्राप्त गरेको थियो । साथ-साथै चीनलाई एउटा राष्ट्रको रूपमा दौत्य सम्बन्धको माध्यमबाट स्वकार गर्ने सबभन्दा पहिले भारत नै थिए ।

काश्मिरको समस्यालाई अन्तर्राष्ट्रिय करण गर्नुलाई नेहरुको ऐतिहासिक भूलको रूपमा लिइन्छ । तर भारतलाई राष्ट्रको रूपमा विश्वमा एउटा नयॉ पहिचान बनाउनु, प्रजातन्त्रलाई संस्थागत गर्नु र औद्योगीकरणको लागि पूर्वाधार बनाउनुको श्रेय नेहरुलाई जान्छ । नेहरु पश्चात लाल बहादुर शास्त्रीको छोटो कार्यकाल भारतको इतिहासमा स्वर्ण अक्षरले कोरिएको छ । सदाचार र सादगीको प्रतिमूर्ति शास्त्रीको बारेमा सोभीयत नेता क्रुसचेभको भनाई वडो मार्मिक देखिएको छ । सोभियत भूमीमा शास्त्रीलाई खादीको कुर्तामा पाउ‘दा क्रुसजेभ चकित हु‘दै चीसोबाट खप्न उनलाई एउटा कोट उपहार दिएका थिए । ठिक एक दिन पछि क्रुसचेभ शास्त्रीलाई भेटदा त्यो कोट शास्त्रीले साथीलाई दिएको उनले पाए । चकित हु‘दै क्रुसचेभले सोध्दा शास्त्रीले के जवाफ दिएका थिए कि मभन्दा मेरो साथीलाई बढी चीसो लाग्छ त्यस कारण मैले उनलाई कोट दिए ।

क्रुसचेभले स्वीकार गर्दै उल्लेख गरेका छन् कि सादगी र सदाचारमा कम्युनिष्ट भन्दा पनि गान्धीवादीहरू अब्बल हुन्छन् । शास्त्रीको महत्वपूर्ण उपलब्धि नै भारतमा नयॉ आत्म विश्वास जगाउनु थियो । अर्थात् सन् १९६२ को चीनसंग पराजित भए पछि भारतीय मनोग्रन्थीमा लघुताभाष संचार भएको थियो । सन् १९६५ मा पाकिस्तानलाई पराजित गरेर शास्त्रीले भारतेलीहरूको आत्मविश्वास प्रत्यारोपण गरे । “जय जवान र जय किशान”का नाराका जनक शास्त्री नै थिए । अमेरिकाले खाद्यानको आपूर्ति नगर्ने धम्की दिए पछि हरेक नागरिकलाई सातामा एक दिन उपवाश बस्न आग्रह गर्दै त्यसको थालनी प्रधानमन्त्री निवासबाट सुरू गर्ने शास्त्री नै थिए । शास्त्रीको नीतिले नै गर्दा भारतमा कृषि क्रान्तीको श्री गणेश भयो ।

शास्त्री युग पश्चात इन्दिरा गान्धीको युग पनि रोचक रहेको छ । गान्धी र नेहरुको अभिभाकत्वमा पल्लवित र पुस्पित इन्दिरा राजनीति समीकरणमा खपिप्स र माहिर थिइन । उनका जीवनीकार पापुल जायकरले इन्दिरालाई अन्तरमुखी चरित्रको रूपमा व्याख्या गरेकी छिन् । इन्दिराका अर्का जीवनीकार इन्दर मलहोत्राले इन्दिराको सबभन्दा महत्वपूर्ण पक्ष नै राष्ट्र प्रति समर्पण थियो । सत्तरीको दश�

प्रतिक्रिया