१२ श्रावण २०८१, शनिबार | July 27, 2024

अमेरिका रुस ‘प्रोक्सी वार’ फैलदै, नेपालमा असर के के


January 16, 2024
913
Shares

समाचार विश्लेषण । विश्वका सैन्य शक्ति हुन् अमेरिका र रुस । रक्षा बजेटका हिसाबले अमेरिका विश्वमै बढी रकम खर्च गर्ने मुलुक हो । रुसमा विश्वकै सबैभन्दा बढी एटम बम रहेको छ । यस हिसाबले यी दुई देश सर्वाधिक शक्तिशाली मानिन्छन् । कहिले प्रत्यक्ष युद्ध नलडेका अमेरिका र रुस प्रोक्सी वार गरिरहन्छन् ।

अर्को देशमा आफ्नो स्वार्थ मिल्ने शक्तिलाई साथ दिएर युद्ध गराउने शैली हो प्रोक्सी वार । अमेरिका र रुसले अफगानिस्तानमा त्यस्तै गरे । तालिवानलाई कहिले अमेरिकाले त कहिले रुसले सघाएर एक अर्कालाई उक्त देशबाट लखेट्ने कार्य गरे ।

अहिले युक्रेन युद्धमा अमेरिकाको अप्रत्यक्ष संलग्नता रहेको छ । रुस पश्चिमाहरुले सघाएको युक्रेनसँग लडिरहेको छ । त्यसअघि रुसले युक्रेनमाथि हमला गरेको थियो ।

अमेरिका र युक्रेनबीचको प्रोक्सी वार फैलदै गएको छ । अफ्रिका र एशियामा त्यसको फैलावट देखिन्छ । मध्यपूर्वमा इजरायलमाथि हमासले हमला गरेपछि समुन्द्रमा पनि टकराव बढेको छ । हमासलाई समर्थन गरेको यमनका हुथीले अमेरिका र यूरोपेली जहाजमाथि रेड सीमा आक्रमण बढाएका छन् । अमेरिका र बेलायतले पनि हुथीमाथि यमनमा हमला गरेका छन् ।

टकराव यति बढेको छ कि युद्ध इरानसम्म फैलनसक्छ । इरानले हुथीलाई साथ दिन्छ । अर्कोतर्फ, हमासलाई पनि इरानको साथ छ । हमासलाई खाडी मुलुकको पनि साथ देखिन्छ । अवस्था यस्तो छ कि हुथी र हमासलाई व्यवस्थापन गर्न इरान र कतारको साथ चाहिने भएको छ । इरानलाई रुसको साथ छ ।

सँसारमा जे जस्ता ठूला युद्ध भएपनि ठूला देशको भूमिका देखिन्छ नै । अफ्रिकामा रुसी निजी सैनिक दस्ता वागनरको सक्रियता छ ।

अमेरिका र रुसबीचको विवादको असर चीन, भारत, जापानलगायत विश्वका कतिपय देशमा परिसकेको छ । चीन रुससँग नजिक छ । भारत भने पश्चिमा र रुस दुवैलाई सन्तुलनमा राखेर लाभ लिन खोजिरहेको छ ।

अमेरिका र रुससँग नजिक रहेका एशियाका देशहरु प्रभाव बढाउने र सैन्य गतिविधि बढाउन लागिपरेका छन् । नेपालमा पनि अमेरिकी सक्रियता बढेको छ । चीनले पनि सक्रियता बढाएको छ । भारत पनि अहिलेसम्म केही निष्कृय जस्तै देखिएको थियो । अब उसको रणनीति पनि आक्रामक नै हुने मालदिभ्सको घटनाले देखाइसकेको छ ।

मालदिभ्समा चीनको चुनौतीलाई भारतले कडा जवाफ दिन थालेको छ । यसको असर दक्षिण एशियामा परिरहेको छ । नेपालमा पनि अमेरिका र चीनको टकराव बढिरहेको छ । भारतले पनि भूमिका बढाउँदै लाने गरी रणनीति तयार गरेको देखिन्छ । यसले नेपालको राजनीतिमा पनि ठूलै असर पर्ने सम्भावना छ ।

बलिया देशहरु सायदै सिधा लडाईं लड्छन् । उनीहरु हत्तपत्त विश्वयुद्ध चाहँदैनन् । उनीहरु कमजोर देश र भूभागमा युद्ध गराउँछन् । प्रोक्सी वार गर्छन् र क्षति अन्त गराउँछन् लाभ आफू लिन्छन् हानी अन्त गराउँछन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया