४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

त्रिशूलीमा खसेको जीपमा कोही भेटिएनन्, खोजी तिव्र


January 16, 2024
166
Shares

काठमाडौं, २ माघ । त्रिशूली नदीमा खसेको जीप निकालिएको छ । मंगलबार विहान ५ बजे नदीमा लाइट बलेको देखिएपछि प्रहरीले जीप खसेको पत्ता लगाएको हो । त्यसपछि गोताखोरले जीप निकालेका थिए ।

प्रहरीका अनुसार नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ५ स्थित पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको जीप निकालिएको हो । जीपमा कोही पनि नभेटिएपछि घटना रहस्यमय बनेको छ ।

जीप खस्दा मानिस सवार थिए या थिएनन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जीपमा मानिस भएको भए हराएको हुनसक्नेमा खोजी चलेको छ ।

प्रतिक्रिया