३१ भाद्र २०८१, सोमबार | September 17, 2024

घट्यो पेट्रोलियम पद्धार्थको मूल्य


January 15, 2024
166
Shares

काठमाडौं, १ माघ । पेट्रोलियम पद्धार्थको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य घटिरहँदा नेपालमा पनि मूल्य घटेको हो ।

नेपाल आयल निगमले सोमबार जारी गरेको मूल्य समायोजनमा देशभर प्रतिलिटर डिजल र पेट्रोलको मूल्य १ रुपैयाँका दरले घटेको हो । नयाँ मूल्य अनुसार काठमाडौं उपत्यका, पोखरा र दिपालयमा पेट्रोलको १६६ र डिजेलको १५६ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

सुर्खेत र दाङमा पेट्रोलको प्रतिलिटर १६५ र डिजेलको १५५ रुपैयाँ कायम भएको छ । विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोल १६३.५० र डिजेलको १५३.५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया