३१ भाद्र २०८१, सोमबार | September 17, 2024

६१ अर्बको मेलम्ची पानीले काकाकुल मेट्ला ?


January 14, 2024
581
Shares

काठमाडौं, २९ पुस । मेलम्ची खानेपानी आयोजनमा अहिलेसम्म ६१ अर्बभन्दा बढी रकम खर्च भइसकेको छ । तर, पानी निरन्तर आउने नआउनेमा अझै अन्यौल छ ।

दोस्रोपटक मेलम्चीको पानी २९ पुसमा काठमाडौंमा खसालिएको छ । यसअघि २०७७ सालमा पनि पानी खसालिएको थियो । तर, मेलम्चीमा बाढी आएपछि पुगेको क्षतिले पानी पुनः रोक्कियो ।

मेलम्चीको मुख्य प्रवेशद्वारमा लेदो र ढुंगा जमेपछि सफा गर्ने भन्दै एक अर्ब खर्च भयो । यो खर्चमा पनि ठूलो भ्रष्टाचारको विषय उठ्यो ।

२०७९ मंसिर २३ मा मेलम्चीको पानीको शुभारम्भ गरियो फेरि । तर, त्यो पानीले निरन्तरता पाएन ।

मेलम्चीमा पानीको चर्चा भन्दा पनि भ्रष्टाचारको चर्चा चलिरह्यो । कमाउने निकायमा मेलम्चीको गणना भयो । तर, काठमाडौंवासीको पानीको सपना बनिरह्यो ।

अहिले मेलम्चीमा पानी पुनः आएको छ तर यसको दीगोपनबारे प्रश्न उठेको छ । सस्तो प्रचारका लागि मात्र मेलम्चीबाट पानी झारिएको विषय पनि उठेको छ । वर्षामा मेलम्चीबाट सफा पानी ल्याउन सक्नेमा पनि आशंका छ ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालमा चुनावी भाषणका क्रममा मेलम्चीको पानी ल्याउने बताएका थिए । २०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन भयो । एशियाली विकास बैंकसँग ऋण सम्झौतापछि २०६४ सालमा निर्माण सुरु भयो । तर, १६ वर्ष पुग्दा पनि मेलम्ची पूरा भएको छैन ।

प्रतिक्रिया