७ आश्विन २०८१, सोमबार | September 23, 2024

सन्दीप लामिछानेको खेल भविष्य के होला ?


January 10, 2024
1.1k
Shares

काठमाडौं, २५ पुस । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्यामा दोषी ठहर भएपछि उनको खेल भविष्यबारे चासो बढेको छ । काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद सजाय सुनाएपछि सन्दीप उच्च अदालत जाने भएका छन् । तर, जिल्ला अदालतको फैसला उल्टाउन सहज भने छैन ।

अदालतले ८ वर्ष कैद, तीन लाख जरिवाना र दुई लाख पीडितलाई क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । १३ पुसमा अदालतले सन्दीपलाई दोषी ठहर गरेको हो । फैसलामा पीडितको विपन्नताको फाइदा उठाएको उल्लेख छ ।

आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनिसकेका सन्दीप नेपालको इतिहासमै अहिलेसम्मकै बढी आर्जन गर्ने खेलाडी हुन् । उनको शान र मानमा बलात्कारको अभियोगबाट नै धक्का परिसकेको छ । तथापि, सन्दीप राष्ट्रिय टोलीमा खेल्दै आएका थिए ।

अदालतले दोषी ठहर गरेपछि सन्दीपको खेल भविष्यमाथि प्रश्न उठेको छ । अब उनले राष्ट्रिय टोलीमा स्थान नपाउने अवस्था रहन्छ । फैसला अनुसार नै उच्च अदालतले पनि निर्णय लिएमा सर्वोच्च अदालत जाने ढोका रहन्छ । त्यसपछि भने उनी फैसला नउल्टिए जेल जानुपर्ने हुन्छ । ८ वर्ष जेल बस्नुपरेमा सन्दीपको खेल जीवन लगभग समाप्त हुन्छ ।

प्रतिक्रिया