१२ श्रावण २०८१, शनिबार | July 27, 2024

‘लिटिल बुद्ध’ पक्राउ गरिनुको रहस्य


January 10, 2024
20.5k
Shares

काठमाडौं, २५ पुस । ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनलाई पक्राउ गर्न एउटा समूह दबाब बनाइरहेको थियो । त्यही समूहको दबाबमा बम्जन मंगलबार साँझ पक्राउ परे । उनलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठको ठाडो आदेशमा सीआइबीले पक्राउ गरेको हो ।

बम्जन यतिबेला पक्राउ पर्नुभित्रको उद्देश्यबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ । उनी तामाङ समुदायका हुन् र बुद्ध धर्मालम्बीमा धर्मान्तरण हुन नदिन सक्रिय भइरहेका थिए ।

बम्जन कुनै बेला निकै चर्चामा थिए । उनले कैयौं दिनसम्म केी नखाई ध्यान गरेको प्रमाण अन्तर्राष्ट्रिय मिडियाले नै गरेका थिए ।

बम्जनविरुद्ध विभिन्न षड्यन्त्र भएको विषय उनी निकटस्थलहरुले बताउँदै आएका छन् । उनी बसेको ठाउँबाट लखेट्ने देखि योजनावद्ध तरिकाले चरित्र हत्या गरिएको दाबी गरिएको छ ।

देशमा धर्मान्तरणमा लागेका विभिन्न समूह हिन्दू र बौद्ध धर्म गुरुहरुविरुद्ध आक्रामक रुपमा लाग्दै आएका छन् । धर्मान्तरण रोक्न खोज्ने जो कोही उनीहरुको षड्यन्त्रको शिकार हुने गरेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया