१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कुलमान ब्याक भएनन्, २२ अर्ब विद्युत महशुल नतिर्न उद्योगीहरुको शक्तिकेन्द्र दौडधूप


January 9, 2024
249
Shares

काठमाडौं, २४ पुस । डेडिकेटेड र ट्रंकलाइनको विद्युत महशुल नतिर्नेमा ६१ उद्योग रहेको खुलाइसकेको छ । जसमध्ये २४ वटा उद्योगको बिजुली नेपाल विद्युत प्राधिकरणले काटिसकेको छ । तैपनि, अधिकांश उद्योगीहरु शक्तिकेन्द्रमार्फत् प्राधिकरणका कार्यकारी महाप्रबन्धक कुलमान घिसिङमाथि दबाब सृजना गर्न शक्तिकेन्द्र धाइरहेका छन् ।

कुलमानले कुनैपनि दबाब सामु पछि नहट्ने अडान कसेका छन् । प्राधिकरणले २४ पुसमा सूचना जारी गरी किस्ताबन्दीमा ५ वर्षभित्र महशुल तिर्न सक्ने लचकता देखाएको छ ।

महशुल तिर्न सुरु गर्ने उद्योगको लाइन पुनः जोडिएको छ । तर, अधिकांश उद्योग महशुल नतिर्ने चलखेलमा लागेका छन् ।

वर्षौसम्म महशुल नतिरेर उद्योगीहरुले यति ठूलो रकमको ब्याजको लाभ लिइसकेका छन् । तैपनि, उनीहरु उद्योग चलाएर फाइदा लिने र विद्युत महशुल पनि नतिर्ने गतिविधि गरेर चलखेलमा लागेका हुन् ।

प्राधिकरणले पहिलो चरणमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ उद्योगको लाइन काटेको थियो । त्यसपछि थप ५ उद्योगको लाइन काटियो ।

तेस्रो चरणमा ५ करोडभन्दा बढी बक्यौता रहेका उद्योगको लाइन काटिएको थियो । जसमा बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेष्ट पेपर मिल, कसमस सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, बुटवल सिमेन्ट, नारायणी स्पात रहेका छन् ।

त्यससअघि जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटिएको थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया