३ आश्विन २०८१, बिहिबार | September 19, 2024

ऊर्जा व्यापार सम्झौतापछि नेपाल-भारतबीच धमाधम बैठक


January 8, 2024
249
Shares

काठमाडौं, २३ पुस । नेपाल र भारतबीच ऊर्जा व्यापार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि धमाधम बैठकहरु बस्न थालेको छ । सम्झौतालाई कार्यान्वयन गरी दुवै पक्षले अधिकतम लाभ छिटोभन्दा छिटो लिनेबारे बैठकहरु केन्द्रित हुन थालेका हुन् ।

गत हप्ता ऊर्जा सचिव गोपाल प्रसाद सिग्देल र भारतको ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त संचालक समितिको ११ औं बैठक चितवनमा सम्पन्न भयो । नेपाल र भारतबीच दीर्घकालीन ऊर्जा व्यापार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि बैठक बसेको हो । यसअघि १८ पुस २०८० मा भारतका ऊर्जा मन्त्रालयका सहसचिव डा। डी साई बाबा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव नवीन राज सिंहको सहअध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी ११ औं संयुक्त कार्यदलको बैठक काठमाडौंमा सम्पन्न भएको थियो ।

यी बैठकहरुमा ऊर्जा व्यापार, जलविद्युत परियोजना र प्रसारण लाइनको कार्यान्वयन, नेपाल र भारतबीचको द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्य लगायतका विषयमा विस्तृत समीक्षा भएको थियो । संयुक्त प्राविधिक टोली ९जेटीटी० लगायत विभिन्न द्विपक्षीय समितिमा भएका प्रगतिबारे पनि छलफल भएको थियो ।

बैठकमा १३२ केभी र मुनिका प्रसारण लाइनमार्फत हुने अन्तरदेशीय ऊर्जा व्यापारका मोडालिटीलाई स्वीकृत गरियो । नेपाल र भारतका परराष्ट्रमन्त्रीले १९ पौष मा विशेष महत्व रहेका तीनवटा नयाँ १३२ केभी प्रसारण लाइनको उद्घाटन गरेका थिए जसमा रक्सौल–परवानीपुर को दोस्रो सर्किट, कटैया –कुशाहाको दोस्रो सर्किट र नयाँ नौतनवा  –मैनहिया रहेका छन् । करिब २०० मेगावाट प्रसारण क्षमता थप्ने यी प्रसारण लाइनले नेपाल र भारत बीचको समग्र प्रसारण क्षमता १४०० मेगावाट पुर्याउनेछ । त्यस्तै, नयाँ नौतनवा –मैनहिया प्रसारण लाइन नेपाल र भारतको उत्तर प्रदेशबीचको पहिलो प्रसारण लाइन रहेको छ ।

प्रधानमन्त्री प्रचण्डको २०२२ को अप्रिलमा भएको भारत भ्रमणको दौरान जारी गरिएको भारत–नेपाल संयुक्त दृष्टिकोण पत्रमा प्रगति हासिल गर्दै दुवै पक्ष संयुक्त जलविकास समितिको पहिलो बैठक छिट्टै बोलाउन सहमत भएका छन् ।

संयुक्त संचालक समितिको बैठक हुनु अघि भारतका ऊर्जा सचिव पंकज अग्रवाललेऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री श्री शक्ति बहादुर बस्नेतसँग भेटवार्ता गरेका थिए ।
दुवै पक्षले यस विषयमा छलफल जारी राख्न सहमति जनाउदै भारतीय पक्षले आयोजना गर्ने संयुक्त कार्यदलरसंयुक्त संचालक समिति बैठकको अर्को सत्रको लागि चाँडै भेट्ने निर्णय गरे ।

प्रतिक्रिया