जयशंकरको कूटनीतिक सन्देश
विपिन देव: भारतीय कूटनीतिलाई चलायमान र गतिशिल बनाउन लेखक, बुद्धिजिवी र चिन्तकहरूको भूमिका महत्वपूर्ण रहेको छ । खास अर्थमा कूटनीतिबाट अवकास प्राप्त व्यक्तित्वहरू कृतीका माध्यमबाट कूटनीतिलाई विश्लेषण र दृष्टिगौचर गर्ने गरेको छ । शिवशंकर मेननद्वारा लिखित पुस्तक “च्वाइस, इनसायड मेकिङ्ग इण्डिया” इण्डिया एण्ड एयसियन जिओपोलक्टिक”, श्याम शरणद्वारा लिखित पुस्तक “हाउ‘ इण्डिया सी द वल्र्ड” हॉउ चाइना सी द इण्डिया” र निरूपमा रावद्वारा लिखित पुस्तक “फ्राकचर्ड हिमालय” जस्ता पुस्तकहरूले कूटनीतिलाई नयॉ दिशार्निदेश प्रदान गरि रहन्छ । राष्ट्र बौद्धिक व्यायामको अभावमा अगाडि लम्कन सक्दैन । यही परिवेशमा भारतका परराष्ट्रमन्त्री डा. जयशंकरले हालै एक पुस्तक सार्वजनिक गरेका छन् ।
“हवाई भारत मायटरस” नामक पुस्तकले भारतीय कूटनीतिका परिदृष्य आलोकित गरेको छ । मिथकको प्रयोगबाट सामारिक समीकरणको व्याख्या आपैmमा चहकिलो र गहकिलो हुन गएको छ । हुनतः “हवाई भारत मायटस” प्रकासित हुनु भन्दा पहिले डा. जयशंकरले “इण्डिया बे” नामक पुस्तक प्रकाशित गरेका थिए । “इण्डिया बे”मा महाभारतको पात्रलाई मिथकको रूपमा प्रयोग गरेर कूटनीतिलाई दिशावोध गरेका थिए । “हवाई इण्डिया म्याटस” भन्ने पुस्तकमा रामायणको मिथक प्रयोग गर्दै विश्व राजनीतिलाई व्याख्या गर्ने डा. जयशंकरले प्रयास गरेका छन् । अर्थात् रामायणमा रामले गठवन्धनको सुरूवात गरेका थिए ।
गठवन्धनमा अपहेलित, पिडित र प्रताडित वर्गको सहभागिता थियो । बॉदर र केवटसंग गठवन्धन गर्दै समीकरणको सुत्रलाई रामले प्रयोग गरेका थिए । वर्तमान भू(राजनीति पनि एउटा गठबन्धनको प्रयोग हो । जि ट्वाउन्टीको शिखर सम्मेलन हुनु भन्दा पहिले भारतले ग्लोवल साउथको १२५ राष्ट्रहरूसंग सम्वाद गर्दै उनीहरूको विचारलाई नेतृत्वमा ध्वनित गरेका थिए । अर्को शब्दमा भन्ने हो भने ग्लोवल साउथ भन्नाले संसारका गरिव मुलुकहरू हुन् । रामायणमा रामले गरिव र निम्न ताकाका नेतृत्व गरेका थिए । कूटनीति भन्नाले एउटा मिशन हो । रामायण मिशनवाट परिचालित रहेको छ । मिशनलाई सफल बनाउ‘न हनुमानको भूमिका अहभ रहेको छ । मिशनको उद्देश्य नै सफलता पाउनु हो । हरेक मिशनको प्रादुभाव संकटको विउबाट अंकुरित हुन्छ । वर्तमान परिवेशमा भारतीय कूटनीतिले एक पछि अर्को मिशन चलाउ‘दै आएको छ । कोरोना कहरमा “वन्दे भारत” मिशनको माध्यमबाट विश्वमा रहेको ७० लाख भारतीय नागरिकहरूलाई भारत ल्याउन सक्नु एउटै मिशनको अनुपम प्रयोग हो । भर्खरै इजरायलबाट भारतेलीहरूलाई मुक्त गराउन “मिशन अजय” परिचालित भएको थियो । सुडानबाट भारतेलीलाई मुक्त गराउन मिशन कावेरी परिचालित भएको थियो ।
डा. जयशंकरले पुस्तकमा “विभिषण” पात्रलाई वडो गम्भीर रूपमा व्याख्या गरेका छन् । विभिषणलाई ज्ञानको विम्वको रूपमा प्रयोग गरेका छन् । अर्थात् विभिषण हरेक खतरनाक अवस्थामा आप्mनो विबेक र ज्ञानबाट रामलाई कार्यशिद्ध गर्न उत्प्रेरित गर्दछ । अर्थात् कुनै पनि देशमा सामरिक नीतिलाई परिचालित गर्दा गम्भीर व्यक्तित्वहरूको अनुभव र ज्ञानको पू‘जीलाई पू‘जीकृत गर्दै नीति अगाडि बढाउनु पर्दछ । डा. जयशंकरले “यामवन्त” भन्ने पात्रलाई कूटनीतिलाई महत्वपूर्ण मानेका छन् । यामवन्द उत्प्रेरक (क्याटलिष्ट) शक्ति हो । यामवन्दसंग अरूको शक्तिलाई मापन गर्ने र तदनुरूप प्रोत्साहित गर्ने सार्मथ्य बोकेको पात्र हो । देश कठिन अवस्थामा रहेको बेलामा यामवन्द जस्ता पात्रहरूले देशको अन्तरनिहित क्षमता र योग्यतालाई उजागर गर्नु पर्दछ । उत्साह र उल्लासले गर्दा जनवल पुर्ण रूपमा मुखारित हुने गर्दछ । पुस्तकमा “रावण” जस्ता मूर्धन्य पात्रलाई समेत डा. जयशंकरले गम्भीर विषलेशण गरेका छन् । “रावण” शक्तिको विम्व हो । कूटनीतिमा शक्ति र सार्मथ्यले गर्दा राष्ट्र एकहोरो (विलकंरड) हुन जान्छ । यस्तो प्रतिकुल अवस्थामा राष्ट्रले आफ्नो सौम्य गुमाउ‘छ । वर्तमान भू-राजनीतिमा चीनको अवस्था रसियाको अवस्था, इरानको अवस्था समेत यस्तै पात्रको रूपमा देखिएको छ । चीनको सीमा सम्बन्धी विवाद र द्वन्द्व आफ्ना १४ वटा छिमेकीसंग रहेको छ भने रसियाले पुरानो सुपर पावरको इतिहासलाई वर्तमान भू(राजनीतिमा प्रत्यारोपण गर्न हरेक मूल्य र मान्यतालाई मानमर्दन गर्दै युक्रेनमा आक्रमण जारी राखेको छ । दम्भ र अंहकारले गर्दा नेपोलीयन, हिटलर, मुशोलीनी जस्ता तानाशाहाको सर्वनाश हुनुलाई पनि रामायणको विम्वबाट व्याख्या गर्नु पर्दछ ।
डा. जयशंकरले सोमेतिक रूपमा भारतीय संस्कृती र ज्ञान वर्तमान भू-राजनीति अवस्थालाई बुझी उपयोगी हुने जिकिर गरेका छन् । मौनटेस्कयू र म्याकेबली भन्दा कौटिल्य बढी उपयोगी हुने उनको तर्क रहेको छ । डा. जयशंकरले भारतीय कूटनीति “हिन्दूत्व” को सारबाट परिचालित भएको संकेत गरेका छन् । हिन्दूत्वलाई व्यापक रूपमा व्याख्या गर्दा बौद्धिक संस्कृती झल्किन्छ । अर्थात् “बासुघेवम कुटुम्बक”को सिद्धान्त अनुसार भारतीय कूटनीति परिचालित भएको उनको तर्क रहेको छ । भारतले सार्मथ्य र वैभवलाई लोकहित र जनहितको प्रयोग गर्दै सम्पूर्ण मानव कल्याणको लागि परिचालित गर्ने उनको तर्क रहेको छ ।
कोरोनाको कहरमा विश्वको १०० वटा मुलुकहरूलाई कोरनाको खोप उपलब्ध गराउन श्रीलङ्कालाई आर्थिक संकटबाट जोगाउन ४ विलियन अमेरिकी डलर राहत प्रदान गर्नु र संसारका कुना-कुनामा ७ हजार भन्दा बढी सहयोग योजनाहरू परिचालित गर्नु जस्ता उदाहरणबाट भारतको मानवता प्रतिको भावना र संवेदनशीलतालाई उद्घाटित गर्दछ । वर्तमान परिवेशमा भारतीय कूटनीति रामायण र महाभारतको ज्ञानबाट प्रभावित भएको उनको तर्क रहेको छ । साथ साथै भारतको कूटनीतिक असफलताका विविध पक्षवारे समेत डा. जयशंकरले आप्mनो कितावमा व्याख्या गरेका छन् । “मिथक”को प्रयोगबाट भू(राजनीतिलाई बुझ्न सहज हुने कुरा उनको किताबले पुष्टि गरेको छ ।