चाँगुनारायणको १४औं नगर अधिवेशनले के के गर्यो
सुरेन्द्रबहादुर खत्री सिलवाल, भक्तपुर । चाँगुनारायण नगरपालिका भक्तपुरको १४ औं अधिबेशनबाट चारवटा विधेयक ,लेखा समितिको प्रतिवेदन र एक ऐन संसोधन प्रस्ताव पारित भएको छ। मेयर जीवन खत्रीको अध्यक्षतामा बसेको अधिवेशनले चाँगुनारायण नगरपालिकाको ऐन कानुन तर्जुमा र व्यवस्थापन गर्ने सम्वन्धी विधेयक २०८० सर्वसम्मत पारित गरेको प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले बताए ।
नवनिर्मित प्रशासकीय भवनबाट सेवा प्रवाह सुचारु भई सकेकाले सेवालाई प्रविधिमैत्री बनाई अझै सरल ,सहज र सुलभ रूपमा सबै नगरबासीको पहुँच स्थापित गर्ने प्रतिवद्धता नगरप्रवक्ता जनक खत्रीले गरे।
चाँगुको छालिङमा कालोपत्रे काम शुरू भएको चागुनारायण नगरपालिका वडा नं ५, का वडा अध्यक्ष जयन्द्र खड्काले बताए ।निस् शुल्क स्वास्थ विमा कार्यक्रम मार्फत पहिलो त्रेमासिक २३ लाख ६४ हजार२ सय ५० रूपैयाँ भुक्तान भएको चागुनारायण १, का वडा अध्यक्ष सिजन कार्कीले बताए ।कार्यक्रममा सुरक्षाकर्मी ,पत्रकार ,कर्मचारी ,बुद्धिजीवी लगायतका उपस्थिति रहेको थियो ।