पशुपति आरतिमा सिण्डिकेट, हिन्दु समाजको मौनता तोडिएला ?
प्रमिला भुजेल: संस्कृतिमन्त्री सुदन किराँतीले हिन्दु धर्मको विषयलाई लिएर विवादित वक्तव्य दिएको १० दिन पनि भएको छैन, त्यसको लगत्तै यो देशको ईष्टदेव पशुपतिनाथलाई नै जोडेर पुन: पशुपतिनाथमा दैनिक रूपमा हुने गरेको आरतीमाथि व्यापार गरिएको कुरा सार्वजनिक हुनु अत्यन्तै दु:खद र निन्दनीय कुरा हो । पशुपति आर्यघाट क्षेत्रको वागमती नदी किनारमा हुने गङ्गा-आरती लगायतको भिडियोको कपिराइट बूढासुब्बा डिजिटललाई पशुपति क्षेत्र विकास कोषले मासिक १ लाख ६० हजार रूपैयाँमा बिक्री गर्नु अत्यन्तै खेदजनक कार्य हो । झन् त्यसमाथि कोषको नामबाट पशुपति क्षेत्रमा “डिजिटल कपिराइट ऐन अन्तर्गत कारवाही हुने” भनिएर टाँस गरिएको सूचना अत्यतै निन्दनीय छ । वास्तवमै भन्ने हो भने हालसम्म नेपालमा यो नामको कुनै कानून नै छैन । यस्तै आशय आउने “प्रतिलिपि अधिकार ऐन, २०५९” चाहिँ रहेको छ जसको दफा ३ र ४ को आधारमा हेर्दा यो ऐनको आधारमा पशुपति क्षेत्र विकास कोषलाई “धर्म” सँग सम्बन्धित दृश्यहरू प्रकाशन/प्रशारण अधि�

