१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भारतसँग विद्युत, विकास दखि स्याटलाइट प्रक्षेपण गर्ने सम्झौता


January 4, 2024
166
Shares

काठमाडौं, १९ पुस । नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्नेसम्बन्धी दीर्घकालिन सम्झौता भएको छ । बिहिबार परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको रहोवरमा विभिन्न चार सम्झौताहरु भएका हुन् ।

सम्झौतामा विद्युत खरिद, सामुदायिक विकास परियोजनामा सहयोग, नवीकरणीय ऊर्जा विकासमा सहयोग र नेपालले बनाएको स्याटलाइन भारतले प्रक्षेपण गर्नेसम्बन्धी रहेको छ । भारतले १० वर्षमा नेपालबाट १० हजार विद्युत खरिद गर्ने महत्वपूर्ण सम्झौता मानिएको छ । यसका लागि विद्युत उत्पादन र प्रशारण संरचनाहरु निर्माण र विकास समेत गरिने उल्लेख छ । सम्झौताको अवधि २५ वर्ष रहेको छ र प्रत्येक १० वर्षमा स्वतः नविकरण हुनेछ ।

खगोलविज्ञानमा महत्वपूर्ण उपलब्धि हासिल गरेको भारतसँग स्याटलाइन प्रक्षेपण गर्नेसम्बन्धी सम्झौता पनि भएको छ ।

यसैगरी, परराष्ट्रमन्त्री साउद र भारतका विदेशमन्त्री जयशंकरले कुशाहा कटैया १३२ केभी सेकेण्ड सर्किट, परवानीपुर रक्सौल १३२ केपी सेकेण्ड सर्किट र मैनहिया न्यू नौतनवा १३२ केभी प्रसारण लाइनको उद्घाटन गरेका छन् ।

नेपाल र भारतबीच उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अन्तर्गत प्रत्येक आयोजनाको अधिकतम बजेट सीमा २० करोड हुनेछ । सम्झौतामा अर्थ सचिव डा। कृष्णहरि पुष्कर र भारतीय राजदूत नविन श्रीवास्तवले सम्झौता पत्रमा बिहिबार नै हस्ताक्षर गरेका हुन् ।

स्थानीय तह तथा अन्य सरकारी निकायबाट प्राप्त माग संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले परीक्षण गरी अर्थ मन्त्रालयलमा आयोजना सिफारिस गर्ने र अर्थ मन्त्रालयले माग भएको आयोजनाको प्राथमिकताको आधारमा सहायता परिचालनका लागि भारत सरकारलाई अनुरोध गर्ने गरी प्रक्रिया निर्धारण गरिएको छ । भारतीय अनुदानमा सञ्चालन हुने आयोजनामा सामान्यतः गाउँपालिकाले ५ प्रतिशत एवं नगरपालिकाले १० प्रतिशत काउण्टरपार्ट फण्ड व्यवस्था गर्नुपर्ने प्रावधान पनि राखिएको छ । विशेष अवस्थामा उक्त फण्ड पनि राख्न नपर्ने व्यवस्था छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया