३१ भाद्र २०८१, सोमबार | September 17, 2024

राजसंस्था अन्तपछि पूर्वराजा शाहको पहिलो सार्वजनिक सम्बोधनः राष्ट्रको अस्तित्वमाथि खिया


January 4, 2024
83
Shares

काठमाडौं, १९ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले राजंस्था अन्तपछि पहिलोपटक सार्वजनिक मञ्चमा सम्बोधन गरेका छन् । बिहिबार भैरहवामा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रको अस्तित्व माथि खिया लाग्दै गएको बताए ।

देशलाई अरुले छड्के नजरले हेर्ने, हेप्ने, अपमान गर्ने अवस्थामा पुर्याइएको शाहको तर्क थियो । उनले देशलाई खोक्रो पारिएको आरोप समेत लगाए ।

राजनीतिक दलहरुतर्फ लक्षित गर्दै शाहले द्वन्द्व, विग्रह र विवादबाट माथि उठेर देशको लागि बढ्न आग्रह गरे ।

आफूलाई जनताले डाकिरहेको भन्दै आफू जनताकै साथमा रहेको बताए । देशबाट युवा बाहिरिइरहेकोमा पनि शाहले चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया