१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाल-भारत तीनवटा प्रसारण लाइनको उद्घाटन हुने


January 3, 2024
166
Shares

काठमाडौं, १८ पुस । नेपाल र भारतबीच १३२ केभीएका तीनवटा प्रसारण लाइनको उद्घाटन हुने भएको छ । भारतका विदेशमन्त्री एस जयशंकको भ्रमणका दौरान १९ पुसमा उद्घाटन कार्यक्रम राखिएको छ ।

दुवै देशका परराष्ट्रमन्त्रीले गर्ने संयुक्त उद्घाटनमा भारतको विहार प्रान्तसँग जोडिने रक्सौल-परवानीपुर, कुशाहा-कटैयाका अलावा उत्तर प्रदेशसँग जोडिने नौतनवा-मैनाहिया प्रसारण लाइन रहेका छन् ।

दुवै देशको परराष्ट्रमन्त्रीको रहोबरमा १० हजार मेगावाट विद्युत व्यापार सम्झौतामा ऊर्जा सचिवहरुले हस्ताक्षर गर्ने तय छ ।

नेपाल भारतका ऊर्जा मन्त्रालयका सहसचिव स्तरीय बैठक १८ पुसमा चलेको छ । बैठकमा ऊर्जा बैंक बनाउने बारे सहमतिको प्रयास हुनेछ । सहमति भएमा पुस २० र २१ मा चितवनमा हुने ऊर्जा मन्त्रालयका सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकलाई अन्तिम रुप दिइनेछ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया