भारत र चीनको पुर्नउदयसँगै टक्कर
विपिन देवः आरोह र अवरोहले भरिएको भारत चीनको दौत्य सम्बन्ध कूटनीतिको अध्ययनकर्ताका लागि रोचक विषय रहेको छ । वैदिक होस् या इन्दु भ्याली सभ्यता नै किन नहोस् यी प्राचीन सभ्यता आजको भारतमा विकास भएको थियो । चीनमा ह्वाङ हो नदीको सभ्यता विकास भएको थियो । यसकारण पनि यी दुई देशको विश्व राजनीतिक र सामाजिक क्षेत्रमा विशिष्ट स्थान रहेको छ । भारत र चीन १७ औं शताब्दीसम्म विश्वकै आर्थिक महाशक्ति थिए । विश्व अर्थतन्त्रको आधा भाग भारत र चीनले नै ओगटेका थिए ।
औद्योगीकरण, साम्राज्यवाद र उपनिवेशवाद यी दुई वटै मुलुकहरूको अवन्नतिको कारण बन्यो । कुनैबेलाका महाशक्ति र सम्पन्न भारत र चीन विश्वको गरिब मुलुकहरुको सूचीमा पर्ने समय पनि आएको थियो १९औं शताब्दीमा । इतिहासको कालखण्डमा चीनिया सभ्यता भारतीय सभ्यताबाट अधिक प्रभावित थिए । तक्षशिला र पाटलीपुत्र चिनियाँहरूको लागि मक्का र मदिना नै थियो । अफिम युद्धमा चिनियाँहरूलाई दमन गर्ने व्रिटिश शासकको सैन्य रणनीति अन्तर्गत भारतीय सैनिकहरूलाई प्रयोग भएको थियो । अर्थात् भारतीय सैनिकहरूलाई नाकारात्मक विम्वको रूपमा चिनियाँहरूले लिने गरेका थिए ।
माहात्मा गान्धीको नेतृत्व भारतीय स्वतन्त्रता संग्राम हुंदा चीनमा राष्ट्रियताको आन्दोलन उद्वेलित भएको थियो । जापानको आक्रामणबाट चीन आक्रान्त थियो । भारतीय राष्ट्रिय काङ्ग्रेसलाई चीनिया राष्ट्रवादी शक्तिहरूले सहयोग र सद्भावको लागि अपिल गरेका थिए । पण्डित नेहरुको अगुवाईमा रसद पानीको लागि केहि धनराषी समेत चीनियाहरूलाई काङ्ग्रेसले सहयोग गरेका थिए । नेहरु चीनिया सभ्यता र संस्कृतीवाट सम्मोहित थिए । जापानलाई नैतिक दवाव दिन भारतले जापानी सामानहरूलाई वहिष्कार गर्दै चीनलाई नैतिक सर्मथन गरेका थिए ।
इतिहासको काल खण्डमा चीन भारत सम्वन्ध सौह्रद्रता पूर्वक नवढ्नुको हरेक कारण मध्ये व्रिटिश सम्राज्यवाद पनि एक हुन् । व्रिटिशले रेखाकङ्न गरेको सीमामा चीनको मञ्बुरी नहुनु नै दुई देशको विच कटुता बढ्नु हो । हुनतः व्रिटिश मेकओहन लाइनको आधार स्तम्भमा नै चीनले भ्यानमारसंग सीमा समस्यालाई समाधान गर्न केहि हदसम्म सफल भएको छ । सन् १९५० मा चीनले तिब्वतलाई अधिपत्यमा लिनु र चीनिया धर्मगुरु दलाई लामा भारतमा शरण लिनु र भारतको कूटनीति संयन्त्र कमजोर हुनु जस्ता परिघटनाले गर्दा सन् १९६२ मा चीन भारत युद्धमा होमिनु पर्ने कारण भारतका पूर्व राजदुत निरुपमा रावले “फ्राकचर्ड हिमायलय” मा उल्लेख गरेकी छिन् ।
चीनिया कम्युनिष्ट पार्टी र भारतीय काङ्ग्रेसको दार्शनीक आधारस्तम्भ नै फरक थियो । चीनिया कम्युनिष्ट आन्दोलन शक्ति, हिंसा र सार्मथ्यको बलमा अगाडि बढेको थियो । भारतीय स्वतन्त्रता आन्दोलन अहिंसा र नैतिक वलको आधारमा भएको थियो । यस अर्थमा चीनिया कम्युनिष्ट पार्टीवाट स्थापित नेता माओ र भारतीय स्वतन्त्रता संग्रामबाट स्थापित नेता पण्डिट नेहरु विच अन्तरंग संवादको कमीले गर्दा सन् १९६२ मा युद्ध हुनु भन्ने कुराको जिकिर भारतका सामरिक जानकार विजय गाखलेल “लौग गेम”मा उल्लेख गरेका छन् । सन् १९५१ मा तत्कालीन भारतमा गृह मन्त्री लौह पुरुप वल्लव भाई पटेलले नेहरुलाई चीनसग सजग हुंदै तिब्वत कार्ड खेल्दै सीमा सम्बन्धी सम्पूर्ण समस्यालाई छिनोफानो गर्न आग्रह गरेका थिए । इतिहासको आरोह र अवरोहमा यी दुई मुलुकहरू विच वडो जटिल सम्वन्ध रहेका छन् ।
संसारमा सबभन्दा ठुलो वोर्डर समस्या हुनु र डोक्लमदेखि ग्लावनसम्म वोर्डरमा एक अर्का विरुद्ध सैनिक तैनाथी जस्ता घटनाले विश्व कूटनीति नै चीन भारत सम्वन्धले गर्दा प्रभावित भएको छ । संसारको दोस्रो अर्थतन्त्रको रूपमा चीन र संसखरहखे पॉचौ अर्थतन्त्रको रूपमा भारत हुनु जस्ता कारणले आउने २१ औं सताब्दी एशियन सताब्दी हुने कुरा मूर्धन्य सिंगापुरका प्राध्यापक किशोर मेहबुवानीले आप्mना पुस्तक “एशियन मिराकल”मा उल्लेख गरेता पनि यी दुई मुलुकहरूको अन्र्तरद्वन्दले पूर्वीय एसिया र दक्षिण एसिया आक्रान्त हुने जानकारहरूको बुझाई रहेको छ ।
दुई देशहरूको कटुताको वाछिटा अन्तराष्ट्रिय मञ्चहरूमा पनि देख्न पाइन्छ । सन् २००९ ताका विकाशिल मुलुकहरूको नेतृत्व गर्दा भारतीय नेतृत्व र चीनिया नेतृत्व साथ साथ नै देखिन्थे । अर्थात् भारतका तत्कालिन प्रधानमन्त्री डा. मनमोहन सिंहले वातावरणीय परिर्वतनको मुद्दामा अमेरिका राष्ट्रपति ओभामासंग प्रतिवाद गर्दा चीनिया नेतृत्वले भारतलाई सर्मथन गरेका थिए । व्रिक्स जस्ता संगठनमा भारत चीन हातेमालो गर्दैै रिकमा रसिमा चीन र भारत समझदारी बढाएका थिए । साथ साथै संघाई सहयोग संगठन भारत चीन साथ साथ उभिएका थिए । वर्तमान अवस्था पृथक देखिएको छ । भारत र चीन विच १२५ विलियन अमेरिकी डलरको व्यापार भएता पनि चीन हरेक मञ्चमा भारतलाई दवाव दिन कूटनीतिक कसरत जारी राखेको छ ।
चीनिया विरोधका कारणले नै गर्दा भारत न्यूकिलियर स्पलाई ग्रुपवाट समावेश हुन सकेन । अन्तर्राष्ट्रिय आतंकवादी मसहुद अजहरलाई कानुनको घेरामा ल्याउन भारतलाई १५ वर्ष कूटनीतिक अभ्यास गर्नु परेको थियो । काश्मिरको मुद्या शिथिलिकरणको अवस्थामा गइरहेको अवस्थामा मानव अधिकारको उल्लघंनको नाममा चीनले अन्तर्राष्ट्रिय मञ्चहरूमा काश्मिरको मुद्या उठाएको देखिन्छ । भारत क्वार्डमा (अमेरिका, अष्ट्रेलीया, जापान र अमेरीका) मा संक्रिय हुनु चीनलाई पाच्य भएको छैन । मध्य एसियामा समेत भारत आए.टु.यू. टु (इजरायल, युएई अमेरिका, भारत) मा समेत सहभागी भएको परिघटना चीनको लागि टाउको दुखाई भएको छ । भारतका सामरिक जानकार र पूर्व राजदुत श्याम शरणले “हाउ‘ चाइना सी द इण्डिया” मा चीनले भारतलाई एउटा क्षेत्रीय शक्तिको रुपमा मात्र ग्रहण गरेको छ ।
वर्तमान परिवेशमा भारतलाई सामरिक रूपमा दवावमा राख्न चीनले श्रीलङ्काको हम्वनटोटा र पाकिस्तानको ग्वादर वन्दरगाह लगभग आफ्नो मातहतमा लिएको छ । सन् १९७१ ताका वङ्गलादेशको संयुक्त राष्ट्र संघको सदस्यताको विरुद्धमा भिटो प्रयोग गर्ने चीन आज वङ्गलादेशमा अभुतपूर्व रूपले लगानी बढाइ रहेको छ । चीन भारतलाई दक्षिण एसियामा व्यापक घेरावन्दी गर्दै छ भने भारतले समेत क्षेपप्यास्त्र “व्रहमोस” भियतनामलाई बेचेर आसियान मुलुकहरूमा आफ्नो पकड बढाएइरहेको छ । आसीयान मुलुकहरू चिनियाँ नीतिवाट आक्रान्त रहेको छ । फिलिपन्सको पक्षमा अन्तर्राष्ट्रिय अदालतको फैसला चीनले मानर्मदन गरे पश्चात दक्षिण कोरिया, जापान, अष्ट्रेलीया र आसीयानका मुलुकहरू समेत सैनिक खर्चमा बढोत्तरी गरेका छन् । कूटनीति सामथ्र्यको लडाईँ भएकोले गर्दा गठवन्धन र गठजोडको महत्व हुने गरेको छ । अर्थात् भारत चीन द्वन्द्वको बाछिटा हरेक अन्तर्राष्ट्रिय मञ्चमा देख्न सकिन्छ ।