१७ मंसिर २०८१, सोमबार | December 2, 2024

किन बढ्दैछ इशाई र मुसलमान जनसंख्या


December 26, 2023
913
Shares

काठमाडौं, १० पुस । देशमा धर्मनीरपेक्ष बनाइएपछि सबैभन्दा लाभ लिनेमा इशाई मिसिनरी र मुसलमान कट्टरपन्थीहरु नै रहेको तथ्य भेटिएको छ । यी दुवै समुदायले आफ्नो जनसंख्या व्यापक बढाउन सफल भएका छन् ।

मुस्लिम जनसंख्या २०६९ देखि २०७९ सम्म ०.७० प्रतिशत बढेको छ । २०७९ को जनसंख्या अनुसार मुसलमानहरु नेपालमा ५.०९ प्रतिशत छन् । सन् २०५० भित्र बौद्ध धर्मालम्बीभन्दा मुसलमान बढी हुने प्रक्षेपण गरिएको छ ।

नेपालमा मुसलमानको जनसंख्या बढ्नुमा धर्म परिवर्तन, बढी सन्तान उत्पादन देखि अन्य देशबाट हुने गरेको घूसपैठ पनि कारण देखिएको छ । देश धर्मनीरपेक्ष भएपछि मुसलमानको जनसंख्या ह्वात्तै बढेको छ । मदरसा र मस्जिदहरुको संख्या पनि बढेको छ ।

मुसलमान संघसंस्थालाई खाडी मुलुकलगायतबाट ठूलो सहयोग आउने गरेको छ । यसले पनि उनीहरुको गतिविधि बढेको छ ।

नेपालमा जनसंख्यामा व्यापक वृद्धि भएको अर्को समुदाय इशाई हो । इशाईहरु २०७९ को जनगणनामा कुल जनसंख्याको १.७६ रहेको तथ्यांक छ ।

इशाईको जनसंख्या सबैभन्दा द्रुत गतिमा बढिरहेको छ । यो जनसंख्या बढ्नुमा धर्मान्तरण मुख्य रहेको छ । पश्चिमा देशहरुबाट इशाई सम्वद्ध संघसंस्थाको गतिविधि ह्वात्तै बढेको छ । यसका लागि ठूलो धनराशी भित्रिएको तथ्यहरु खुलेको छ ।

नेपालमा हजारौं चर्चहरु खुल्नुमा पनि बाह्य मुलुकबाट रकम भित्रनु नै हो । धर्मनीरपेक्ष मुलुक बनाइएपछि सबैभन्दा लाभ इशाईहरुले लिएका छन् ।

मुख्य दलका नेताहरु नै इशाई धर्मसँग आवद्ध संघसंस्थासँग प्रत्यक्ष अप्रत्यक्ष जोडिएको भेटिएको छ । उनीहरु यो धर्मसँग आवद्ध व्यक्तिहरुबाट प्रभावित भएका छन् । होली वाइन देखि पशुपतिनाथमा हुने कतिपय विवादास्पद कार्यहरुमा यस्ता व्यक्तिहरुको संलग्नता भेटिएको छ ।

प्रतिक्रिया