१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

नेपालको धर्म संस्कृतिमाथि आक्रमणबाट चीनमा पर्ने असर


December 27, 2023
4.9k
Shares

हेमशंकर गिरीः विश्व शक्तिका रुपमा उदयीमान मुलुक चीनका हालका राष्ट्रपति सी चिनफिङले कुनै समय भन्नु भएको थियो कि संस्कृति भनेको कुनैपनि देश र राष्ट्रको आत्मा हो संस्कृति बलियो भएमात्र राष्ट्र बलियो हुन्छ र संस्कृतिको प्रगति भएमात्र देशको प्रगति हुन्छ ।

यही महाशक्ति राष्ट्रको निर्माता माओकै नाममा २०५२ फागुन १ बाट शसस्त्ररुपमा जनयुद्ध सुरु गरी २०६३ पछि नेपालको राजनितिमा स्थापित शक्ति प्रचण्ड बाबुरामहरुले सबैभन्दा पहिला नेपालको बिबिध प्राचीनसभ्यता,ईतिहास,मौलिक धर्म संस्कृति र परम्परा,चन्द्र सुर्य अंकित राष्ट्रिय झण्डा,राष्ट्रिय चिन्ह तथा राष्ट्रिय प्रतिक,राष्ट्रिय पोशाक र सबै सांस्कृतिक धरोहरुहरुमाथि नै बढि नीशाना बनाए साथै जातीय क्षेत्रीयता र पहिचानको मुद्दा उछालेर जातीय आधारमा १४ प्रदेशको माग गर्दै राष्ट्रिय अखण्डतामाथि समेत प्रहार गरे ।

यही सुत्रपातको कारण आज मुलुकमा बिखण्डनको डर लाग्दो श्रृङखलाहरु देखिन थालिसकेको छ । उनीहरुकै जोडबल र योजनामा उनिहरुले बोकेको मुद्दाहरुलाई नै समेटेर २०७२ को संविधान जारी भएपछिको ८ बर्ष अबधिमा मुलुकमा २० हजारभन्दा बढी चर्च बनिसकेको छ ।

जनार्दन शर्मा अर्थमन्त्रि हुंदा आफ्नो गृह जिल्लामा पर्ने एउटा गाउंमा चर्च बनाउन ३ करोड रकम बिनियोजन गरेको समाचार आएको थियो । हिसिला यमी र अहिले पशुपति बिकास कोषमा कार्यकारी नियुक्त गरिएकी माओबादी कार्यकर्ता लक्ष्मी पुनले पशुपति आर्यघाट आसपास बनकालीको जंगलमा क्रिश्चियनहरुको लागि चिहान समेत खोज्दै हिंडेको तथ्य प्रष्टै छ । मलाई एउटा सम्झना ताजै छ २०६८ को सुरुतिर पण्डित दिनबन्धु पोखरेलले काठमाण्डौको खुल्लामञ्चमा श्रीमदभागवत सप्ताहा लगाउंने क्रममा उदघाटनको दिन सबै राजनितिक पाटीका नेताहरूलाई निमन्त्रणा गरेको रहेछन । यही क्रममा त्यहाँ हिसिला यमीपनि आएकी रहिछन र उनको अन्यत्रपनि कार्यक्रमको ब्यस्थता भ

प्रतिक्रिया