३ आश्विन २०८१, बिहिबार | September 20, 2024

वार्षिक १ करोड विद्युतीय सवारी विक्री गरी ५ करोडलाई रोजगारी दिने भारतको लक्ष्य


December 25, 2023
166
Shares

एजेन्सी, ९ पुस । विश्वको पाँचौ धनी देश बनेको भारतले महत्वाकांक्षी आर्थिक तथा प्राविधिक लक्ष्यहरु लिइरहेको छ । उसले प्रत्येक वर्ष एक करोड विद्युतीय सवारी विक्री गरी ५ करोडलाई रोजगारी दिने लक्ष्य लिएको छ ।

भारतका यातायातमन्त्री नितिन गड्करीले २०३० सम्म प्रतिवर्ष एक करोड विद्युतीय सवारी विक्रीको लक्ष्य सुनाए । उनले सोमबार इभी एक्सपो २०२३ मा बोल्दै ३४ लाख ५४ हजार विद्युतीय सवारी दर्तामा रहेको बताए ।

भारतमा विद्युतीय सवारीको विक्री बढेर प्रति महिना डेढ लाख पुगिसकेको छ । भारतमा विद्युतीय सवारीको प्रयोगमा जोड दिन थालिएको छ । वातावरण प्रदूषण रोक्न पनि यो उपयोगी देखिएको छ ।

प्रतिक्रिया