९ बैशाख २०८३, बुधबार | April 22, 2026

नेपालको शिक्षा र विश्वविद्यालय बचाउने ऐतिहासिक अवसर


December 24, 2023
10.5k
Shares

नारायणप्रसाद ढकालः नेपालको समग्र शिक्षाको विकासक्रमलाई अध्ययन गर्दा औपचारिक रूपमा वि.सं. १९१५ मा शिक्षा विभागको गठन पश्चात् भोजपुरको दिङ्लामा १९३२ मा संस्कृत पाठशाला र १९३४ मा रानीपोखरी पाठशालाको स्थापना पछिको पठनपाठन शुभारम्भ भएको पाइन्छ । बिचको समयमा नागरिक र सरकारको तर्फबाट अनेकौँ प्रयास भएपनि १९९४ मा सर्वप्रथम प्राथमिक विद्यालयको पाठ्यक्रम प्रकाशनमा विद्यालयको पाठ्यक्रम प्रकाशनमा आएको देखिन्छ । १९७५ मा उच्च शिक्षा अध्ययनका लागि त्रिचन्द्र कलेजको तत्कालिन त्रिभुवन चन्द्र कलेजको स्थापना भएपनि सुरुमा कलकत्ता विश्वविद्यालय र १९८० देखि पटना विश्वविद्यालयसँग सम्बन्धन लिएर पठनपाठन हुने गरेको थियो । १९९० मा एस.एल.सी बोर्ड स्थापना पछि विद्यालय तहको पठनपाठन र परीक्षा स्वदेशमा नै हुने व्यवस्था भयो ।

१९८६ मा पं कृष्णप्रसाद कोइरालाको निर्वासन समयमा उनकै सक्रियतामा भारतको टेण्डी भन्ने ठाउँमा आदर्श विद्यालय स्थापना भएको र १९९२ मा विराटनगरमा सारी आदर्श विद्यालयमा पठनपाठन गराइएको थियो । २००४ मा ताहाचलमा आधार विद्यालयमा पढाउने शिक्षक तयार गर्न पहिलो शिक्षक केन्द्रको स्थापना गरिएको पाइन्छ । २००५ सालमा काठमाडौँमा पहिलो पूर्व प्राथमिक विद्यालयको स्थापना भएको थियो, भने २००९ मा राष्ट्रिय शिक्षा बोर्डको स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको पाइन्छ ।

२०१३ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना गर्ने निर्णय भएपनि २०१६ आषाड ३० गते पहिलो विश्वविद्यालय परिषद्बैठक बसी त्रि.वि. ऐन कानुन जारी गरिएको थियो । स्थापनाको २ वर्षसम्म पटना विश्वविद्यालयकै पाठ्यक्रम बमोजिम सञ्चालन भएपनि २०१८ देखि आफ्नै पाठ्यक्रम बनाई पठनपाठन सुरु भएको थियो । २०१३ साल मंसिरमा लक्ष्मीप्रसाद देवकोटाको संयोजकत्वमा बनेको समितिले कीर्तिपुरमा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । २०१५ आषाड शुक्ल नवमीका दिन असतोमा सद्गमयः तमसो मा ज्योतीर्गमयः, मृत्योर्माःअमृतम् गमयः (मलाई असत्यबाट सत्यको मार्गमा, अध्यरोबाट उज्यालोको मार्गमा अनि मृत्युबाट अमरताको मार्गमा लिएर हिड) भन्ने उपनिषद्को वन्दनाका साथ विधिवत् रुपमा शिलान्�

प्रतिक्रिया