३ आश्विन २०८१, बिहिबार | September 20, 2024

मोदीको मिसन २०२४


December 21, 2023
2.6k
Shares

विपिन देव: सन् २०२४ प्रजातान्त्रिक कित्तामा रहेका मुलुकहरूका लागि चुनौतीपूर्ण छ । आगामी वर्ष भारत, अमेरिका र ताइवान जस्ता मुलुकहरूका लागि चुनावी वर्ष रहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्र्दभमा सन् २०२४ को वर्ष निकै महत्वपूर्ण छँदैछ । हिन्दुवादी भाष्य, पाकिस्तान विरोधी एजेन्डा, अल्पसंख्या तुष्टीकरण, आकर्षक राहत योजना जस्ता मुद्दाहरू सन् २०२४ को चुनावी एजेन्डामा नरहने संकेत देखिइसकेको छ । लोकतान्त्रिक यात्रामा पार्टी संगठन भन्दा एक जना मूर्धन्य नेताको जनमानसमा रहेको पकडलाई पार्टीहरूले अधिक पू‘जीकृत गरेको इतिहास भारतमा रहेको छ । पण्डित नेहरुदेखि राजीव गान्धीसम्म र अटलविहारी बाजेपेयीदेखि नरेन्द्र मोदीसम्म पार्टीको चुनावी परिचालन विराट व्यक्तित्वको सेरोफेरोमा नै हुने गरेको छ ।

सन् २०२४ को चुनावी एजेन्डालाई निर्धारण गर्न भारतीय जनता पार्टीले विगत १० वर्षको उपलब्धिलाई पू‘जीकृत गर्दै अगाडि बढ्ने घोषणा गरेको देखिन्छ । सन् २०२० कोभिडकालमा मोदीले देखाएको नेतृत्व कुशलतालाई चुनावी एजेन्डा बनाउन भाजपा संकल्पित देखिन्छ । अर्थात् कोरोना कहरमा कोभिड एप्सलाई प्रयोग गरेर विद्युत्तीय माध्यमबाट २ दशमलव ५ विलियन खोप भारतीय जनतालाई लगाउन सक्नु, ९९ वटा मुलुकहरूलाई कोरोनाको खोप उपलब्ध गराउन सक्नु, भारतलाई संसारको सबभन्दा ठुलो औषधालयको रूपमा परिचय गराउन सक्नुलाई मोदी सरकारको उपलब्धिका रूपमा लिन सकिन्छ । ९९ वटा देशबाहेक संयुक्त राष्ट्र संघ सम्वन्ध संस्थाहरूलाई समेत खोप उपलब्ध गराएर भारतले विश्वमा एउटा नयॉ छाप छोडेको छ ।

सन् २०१४ मा मोदी पहिलोपटक प्रधानमन्त्री हुँदा विश्वको दशौ अर्थतन्त्र भएको भारत वर्तमान परिवेशमा विश्वको पॉचौ अर्थतन्त्र हुन समर्थ भएको छ । मोदीकालमा भारतले आर्थिक रुपमा पाँच फड्को मारेको छ । ७ दशमलब ६ प्रतिशत आर्थिक विकास दर भएका कारणले भारतलाई विश्वको सबभन्दा तीव्र आर्थिक विकास दर भएको अर्थतन्त्रका रूपमा चित्रण गरिन्छ । विगत दश वर्षमा निवेशमा दोब्वर भएको छ भने निर्यातमा ७५ प्रतिशतको बढोत्तरी भएको छ । १३५ मिलियन जनता गरिवी रेखा मुनिबाट माथि आउन सक्नुलाई भारतीय अर्थतन्त्रको सबभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ । दश वर्ष पहिले विमान स्थलको संख्या ७५ थियो भने वर्तमान अवस्थामा १५० भएको छ । ५ वटा शहरहरू मात्रै मेट्रो सुविधा भएको अवस्थामा हाल २० वटा शहरहरूमा मेट्रो सुविधा भएको छ । त्यस्तै परराष्ट्र नीतिको क्षेत्रमा मोदीको प्रमुख सफलताहरू मध्ये जी ट्वान्टीको आयोजनालाई पनि प्रमुख मानिन्छ ।

भारतका परराष्ट्रमन्त्री डा. एस. जयशंकरले जी ट्वान्टीका आयोजनालाई कूटनीतिको विश्व कपको रूपमा चित्रित गरेका छन् । १४ वटा अन्तर्राष्ट्रिय संघ संगठनको सहभागिता, ९ वटा अतिथि मुलुकहरूको सहभागिताका साथै संसारका २० वटा अब्वल मुलुकहरूको सहभागिताले जी ट्वान्टीलाई महिमामण्डित गरेको थियो । जी ट्वान्टी रसिया र पश्चिमा शक्तिहरूबीच व्यापक धुव्रीकरण थियो । मोदीको नेतृत्वको सामथ्र्यले गर्दा जी ट्वान्टीमा सहमतिको वातावरण निर्माण हुन सक्यो । जी ट्वान्टीमा विश्वका दक्षिण गोलाद्धका मुद्दाहरूलाई ध्वनित गर्नु भारतीय कूटनीतिको सबभन्दा ठुलो उपलब्धि थियो । गृहकार्यका रूपमा भारतले ग्लोवल साउथ (दक्षिण गोलाद्ध)का १२५ वटा मुलुकहरूसंग विद्युतीय माध्यमबाट सम्वाद गरेका थिए । जी ट्वान्टीको मञ्चलाई प्रचूरमात्रामा प्रयोग गर्दै विश्व वैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषलाई समावेशी र समयसापेक्ष बनाउन मोदीको नेतृत्व सफल भएको देखिन्छ ।

मोदी सरकारको अर्को महत्वपूर्ण उपलब्धि विद्युतीकरण (डाजीप्लाजेशन) हो । अर्थात् राज्यद्वारा प्रदत सुविधालाई घर दैलोमा पु¥याउन विद्युतीकरण सबभन्दा ठुलो अस्त्र रहेको छ । अर्थात् विद्युतीय माधयमवाट भारतका ५०० मिलियन जनतालाई आयुष्मान् भारत अन्र्तगत कार्यक्रमबाट विमीत गर्न सक्नु, ८० करोड जनतालाई खाद्यानको लागि धनराशी उपलब्ध गराउन सक्नु, ४५० मिलियन जनताको खातामा जनधन योजना अन्र्तगत राज्यद्वारा प्रदत सुविधा उपलब्ध गराउन सक्नुलाई मोदी सरकारको विद्युतीकरणको प्रयोगका रूपमा लिइन्छ । अन्तरिक्षको क्षेत्रमा चन्द्रयान होस वा ड्रोन प्रविधिको माध्यमबाट कृष्ीि क्रान्ति होस् मोदी सरकारले प्रविधिलाई प्रचूर मात्रामा प्रयोग गरेको देखिन्छ । शिक्षाको क्षेत्रमा मोदी सरकारको उपलब्धिलाई समेत भाजपाले चुनावी मुद्दा बनाउने उद्घोष गरेको छ । एक शोध अनुसार भारतमा प्रत्येक दिन दुईवटा कालिजहरूको स्थापना भइरहेको छ भने प्रत्येक सातमा एउटा विश्व विद्यालयको घोषण भइरहेको छ ।

सुरक्षाको क्षेत्रमा दोकलमदेखि गलवानसम्म चीनिया सैनिकहरू सीमामा तैनाथ रहनु, वङ्गलादेशसंग सीमा समस्या समाधान गर्न समर्थ हुनु र पाकिस्तानलाई कूटनैतिक दवावमा राख्दै काश्मिरमा ३७० धारा हटाउन सफल हुनुलाई समेत मोदी सरकारको उपलब्धिका रूपमा लिइन्छ । भारतीय कूटनीतिलाई पहिले प्रतिक्रियामा (रियाक्टरी)को रूपमा संज्ञा दिइन्थ्यो अर्थात् संसारको उथल पुथलमा भारत प्रतिक्रिया मात्र दिन्थ्यो । वर्तमान परिवेश फरक रहेको छ । भारतलाई विषय सूची निर्धारक मुलुकहरू मुलुकको रूपमा लिइन्छ । अर्थात् विश्वको सबभन्दा ठुलो अन्तर्राष्ट्रिय सौर्य उर्जा कार्यक्रमको सूरूआत र अनुष्ठान गर्ने मोदी नै थियो भने विश्व विपत्त व्यवस्थापनलाई अगाडि बढाउने मोदी नै देखिन्छ । आज विश्वको ७८ वटा मुलुकहरूमा भारतको ६०० वटा योजनाहरू परिचालित भइरहेको अवस्थाले भारतीय सार्मथ्य र समृद्धिको मापन गर्न सकिन्छ । सन् २०२४ को चुनाव यही उपलब्धको आधारमा आउने २५ वर्षको कार्यक्रमका साथ भारतीय जनता पार्टी चुनावमा जाने जर्मको गरेको छ । यसको साकारात्मक प्रभावबाट दक्षिण एसीयाका अन्य मुलुकहरूमा पनि राजनीतिक दलहरूले विकास र निर्माणलाई महत्वपूण मुद्दा बनाउन सक्ने जानकाहरूको आकलन रहेको छ ।

प्रतिक्रिया