२२ भाद्र २०८१, शनिबार | September 8, 2024

बारामा बस र ट्रक ठोक्किदा दुवै सवारीका चालकको मृत्यु


December 20, 2023
249
Shares

काठमाडौं, ४ पुस । बारामा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु भएको छ । घटनामा २७ जना घाइते भएका छन् ।

काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगञ्जमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा ट्रक चालक तनहुँका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक हेटौंडाका ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का एक पुरुष रहेको बारा प्रहरीले उल्लेख गरेको छ ।

घाइतेहरुको उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले हेटौंडा र चितवन मेडिकल कलेज पठाइएको छ ।

प्रतिक्रिया