३१ भाद्र २०८१, सोमबार | September 17, 2024

पुटिन पनि राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार


December 18, 2023
166
Shares

एजेन्सी, २ पुस । रुसको राष्ट्रपति निर्वाचनमा भ्लादिमिर पुटिनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आगामी वर्ष हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी हुने गरी नाम दर्ता गरेको जनाइएको छ ।

पाँचौं पटक राष्ट्रपति हुने दौडमा रहेका पुटिनले उम्मेदवार सदर गराउन ३ लाख समर्थकको हस्ताक्षर संकलन गर्नुपर्ने हुन्छ । स्वतन्त्र उम्मेदवार बनेपनि उनलाई सत्तारुढ युनाइटेड रसिया पार्टीको साथ मिल्नेछ ।

२०२४ को १५ देखि १७ मार्चसम्म रुसको राष्ट्रपति निर्वाचनको मिति तय छ । युक्रेन युद्धपछि पुटिन चुनावी मैदानमा उत्रदैछन् । तर, रुसको निर्वाचन नाममात्रको हुने र पुटिन निश्चित रुपमा जित्ने विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया