४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुने


December 17, 2023
83
Shares

काठमाडौं, पुस १ । देशमा निर्माणमा ढिलाईले यात्रुहरुले कष्ट भोगिरहेका छन् । नारायणगढ-मुग्लिन सडकखण्ड निर्माणले गति लिन नसक्दा समस्या परिरहेको छ यातायात आवागमनमा ।

पुस ७ देखि नारायणगढ मुग्लिन सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्ता काट्नुपर्ने भएकाले दैनिक ४ घण्टा सवारी बन्द गर्ने जनाइएको छ । विहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरिने नागढुङ्गा-मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । पहिलो चरणमा तीन हप्ता सडक रोकेर भित्तो काटिने जनाइएको छ ।

चार वर्ष अघि पनि उक्त सडक खण्डको पुल निर्माणका क्रममा सडक बन्द गरिएको थियो । १९ पुलमध्ये ४ पुल निर्माण भएपनि १५ पुल बाँकी छ ।

यसैगरी, बुटवल-नारायणगढ सडक खण्ड निर्माणमा ढिलाईले यात्रुले सास्ती भागिरहेका छन् । यो सडकखण्ड निर्माण ढिलाईमा लागत बढाउने खेल भइसकेको छ ।

प्रतिक्रिया