६ आश्विन २०८१, आइतबार | September 22, 2024

बालकृष्ण खाँण छुट्लान् ?


December 14, 2023
166
Shares

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समूहका बलिया नेता मानिन्छन् बालकृष्ण खाँण । लामो राजनीतिक अनुभव सँगालेका खाँणको संगठनमा बलियो पकड छ । यसकारण उनलाई कुनैबेला देउवा समूहबाट भविष्यको नेतृत्वकर्ताका रुपमा हेरिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि भने खाँणको शक्ति ह्वात्तै घटेको छ । उनी जेल पार्नुमा शरणार्थी प्रकरण मात्र नभएर काँग्रेसको देउवा समूहको आन्तरिक संघर्ष पनि हो भन्ने विश्लेषण नभएको होइन ।

खाँणको मुद्यामा राय बाझिएकाले बिहिबार सुनुवाई हुने भएको छ । उनी यो प्रकरणमा मुद्या लड्दा जेलमा बस्नु पर्ने या नपर्ने टुंगो लाग्दैछ ।

पूर्वगृहमन्त्री समेत रहेका खाँणको देउवा समूहका केही नेतासँग तीतो सम्बन्ध रहेको थियो । उनका मुख्य प्रतिष्पर्धीहरुले पनि यो प्रकरणमा चलखेल गरेको चर्चा छ । यसकारण पनि उनलाई जेलबाहिर आउन नदिने रणनीति चलिरहेको छ ।

विद्यार्थी र तरुणको राजनीतिबाट आएकाले खाँणको सांगठनिक पकडसामु अरुलाई मुश्किल छ । यसकारण पनि उनी षड्यन्त्रमा परेको विश्लेषण उत्तिकै छ । जे होस् शरणार्थी प्रकरणबाट उनीबाट गम्भीर अपराध भएको हो या होइन अदालतले टुंगो लगाउने विषय हो ।

प्रतिक्रिया