३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रचण्ड र देउवा परिवारसहित देशबाट भाग्ने अमरेशको ठोकुवा


December 11, 2023
3.2k
Shares

काठमाडौं, २५ मंसिर । यतिबेला देशमा एनसेल प्रकरणमा भएको घोटाला छताछुल्ल भइरहेको छ । सत्ताभित्र र बाहिर रहेका मुख्य दलका शीर्ष नेताहरु यो प्रकरणलाई सामसुम पार्न लागिरहेका छन् । तर, तिनको दलभित्र र बाहिरबाट यो घटनापछि विद्रोहको बतास आँधीको रुप लिन खोज्दैछ ।

एनसेल प्रकरणमा ठूलो आर्थिक डिलको खुलासा स्वतन्त्र सांसद अमरेश सिंहले गरेका छन् । उनले प्रधानमन्त्री प्रचण्डको एनसेलको विषयमा बार्गेनिङ भन्दै अडिया सार्वजनिक गरेका छन् । उनले आफूसँग थप अडियो रहेको दाबी गरिरहेका छन् ।

सिंहले प्रचण्ड र शेरबहादुर देउवाले परिवारका सदस्यको नाममा ठूलो रकम विदेशमा राखेको खुलासा गरेका छन् । उनले भने, ‘यी दुवै नेताहरु देशबाट भागेर विदेश बस्न उतै रकम राखिरहेका छन् ।’ उनले कुनैपनि समयमा प्रचण्ड र देउवा देशबाट भाग्ने ठोकुवा गरे । एनसेल प्रकरणमा दुवैले हिस्सा पाएर सहमति दिएको पनि उनको भनाई छ ।

एनसेल प्रकरण ६ खर्बको चलखेल हो भन्दै राष्ट्रलाई लुट्न कदापि नदिइने बताए । उनले आफूसँग भ्रष्टाचारका ठूला प्रमाणहरु रहेको र त्यसको खुलासा अदालतमा गर्ने समेत बताए ।

प्रतिक्रिया