१० श्रावण २०८१, बिहिबार | July 25, 2024

भारत-चीन बीच हिन्दमहासागरीय क्षेत्रमा सामरिक टक्कर


December 11, 2023
1.5k
Shares

विपिन देव: हिन्दमहासागरीय क्षेत्रलाई संसारको प्रमुख व्यापारिक नाका मानिन्छ । हिन्दमहासागरीय क्षेत्रमा ९० प्रतिशत सामुद्रिक जहाजहरू व्यापारिक कारोवारमा सञ्चालित भएको हुन्छ भने १० प्रतिशत सामुद्रिक जहाजहरू सैन्य उपकरणहरूबाट सञ्जित हुन्छ । सन् २००४ ताका सुनामीमा हिन्दमहासागरीय क्षेत्रमा भारतको जल सेनाको भुमिकालाई सारा संसारले उच्च मुल्याङ्कन गरेका थिए । तत्कालीन जापानका प्रधानमन्त्री ओवले “हिन्दमहासागरीय” (इनडोप्यासिकीक) शब्दको उच्चारण सन् २००७ मा भारतीय सदनलाई सम्वोधन गर्ने क्रममा उल्लेख गरेका थिए । कालान्तरमा अमेरिका समेतले आप्mनो सुरक्षा दस्तावेजमा “इन्डोप्यासिफिक” शब्दलाई लालमोहर लगाए ।

हिन्दमहासागरीय क्षेत्रमा भारतको भूगोलको उच्च स्थान रहेको छ । अर्थात् सामरिक दृष्टिकोणले हिन्दमहासागरीय क्षेत्रमा भारत अब्वल रहेको छ । वर्तमान परिवेशमा भू-राजनीति ट्रान्सएटलान्टिक (युरोप)बाट ट्रनसप्यासिफीक (एसिया) मा अवतरित भएको छ । संसारमा उच्च आर्थिक आकार भएका मुलुकहरू हिन्दमहासागरीय क्षेत्रमा नै रहेको छ । दक्षिण कोरीयादेखि जापान, चीनदेखि भारत र आसीयानका मुलुकहरू थायल्याण्ड, मलेसिया, इण्डोनेशीया, सिंगापुर लगायत अन्य उच्च दरबाट विकास गरिरहेका मुलुकहरू हिन्दमहासागरीय क्षेत्रमा नै अवस्थित रहेको छ ।

भू-राजनीति भू-अर्थनीतिको परिधिमा धुम्ने गर्दछ । यस अर्थमा संसारका तनाव र द्वन्द समेत हिन्दमहासागरीय क्षेत्रमा रहेको छ । संसारको सबभन्दा ठुलो सीमा विवाद भारत र चीनको वीच रहेको छ । कन्फुयसीयस र कौटील्यको सिद्धान्त वोकेका दुई मुलुकहरू सन् १९६२ मा युद्ध गरे उपरान्त मैत्री र सामीप्यता कायम गर्न सकेको छैन । चीनको सीमा सम्बन्धी विवाद १४ वटा मुलुकहरूसंग रहेको छ । रसीया युक्रेन युद्ध र मध्य एसियामा इजरायल र हमासको भिडन्त पश्चात हिन्दमहासागरीय क्षेत्र सबभन्दा वढी तनाव केन्द्र हुने जानकारहरूको सर्वेक्षण रहेको छ । चीन र जापान वीच सनकाकु टापु विवाद, चीन र फिलीपिन्स वीच तटीय द्वन्द, भारत चीन वीच डोकाकमदेखि ग्लवानसम्मको विवाद, ताइवान विवाद लगायत अनेकौ हटस्पट छन् जसले गर्दा हिन्द महासागरीय क्षेत्रको तनाव युद्धमा विस्फोट हुन सक्छ र शित युद्धलाई लम्ब्याउन सक्दछ । रोचक पक्ष के छ भने यी मुलुकहरू विच तनाव हु‘दा हु‘दै यी व्यापारिक कारोवारमा शिथिलता आएको छैन । भारत चीन विच १२५ विलियन डलरको व्यापार रहेको छ भने आसीयान र चीन विच २५० विलियन भन्दा अधिक व्यापार रहेको छ । जापान र चीनको व्यापार भ्mण्डै १७५ विलियन भन्दा अधिक रहेको छ ।

चीनको दक्षिण सागरको नीतिले गर्दा आसीयानका मुलुकहरू आक्रान्त देखिन्छ । दक्षिण चीन सागरमा चीनले कृत्तिम टापुहरूको निर्माण गर्दै आएको छ । यसबाट उसले आफ्नो सामरिक अवस्थालाई अब्वल बनाएको देखिन्छ । दक्षिण चीन सागरको नाका सामुद्रिक व्यापारको एक प्रमुख जीवन रेखा रहेको छ । दक्षिण चीन सागरको ९० प्रतिशत जलरासी चीनको भएको दावी चीनले गरिरहेको अवस्था छ । अन्तर्राष्ट्रिय कानुनले चिनियाँ दावीलाई अनुमोदित नगरे तापनि सैन्य सार्मथ्यको आधारमा चीन टसमस भएको छैन । भारतको ४५ प्रतिशत व्यापार दक्षिण चीन सागरबाट भएकोले गर्दा चीनले दक्षिण चीन सागरमा भारतलाई दवावमा राख्ने गर्दछ तर चीनको इन्धन आपूर्तिको ८५ प्रतिशत मालाका स्टेट (अण्डोमान निकोवार) क्षेत्रबाट भएकोले गर्दा भारत त्यो दवावलाई सन्तुलित राख्न हालसम्म सफल भएको छ ।

संसारको सबभन्दा संवेदनशील चेक प्वाइन्ट मलाकामा स्टेट रहेको छ जहॉ कि भारतीय जल सेनाको बलियो पकड रहेको छ । अण्डामान निकोवार टापुमा भारतको बलियो सैन्य भण्डारण र युद्ध पोतको उपस्थितिले गर्दा चीन भारतको सामरिक दबाबमा रहेको छ । हुनत हिन्दमहासगरीय क्षेत्रमा चिनियाँ जलसेनाको पनि पकडा बलियो हु‘दै गइरहेको छ ।

जिबुतीमा नै चीनिया जलजसेनाको सैन्य भण्डारण र सैन्य अड्डा नै रहेको छ । भर्खरै अमेरिकी सेटल्याटको आधारलाई सत्य मान्ने हो भने कम्बोडियाको रियानमा समेत चिनियाँ जलसेनाको बेस क्याम्प निर्माण गरिरहेको छ । हुनतः चीन र कम्वोडियाको सरकारले अधिकारीक रूपमा यसलाई अस्वीकार गरेको छ । तर यो पुरानो चीनिया शैली रहेको छ । सन् २०१७ मा जिबुतीमा जल सेनाको क्याम्प राख्दा पनि चीनले यस्तै अभिव्यक्ति दिएका थिए । शक्ति सन्तुलन र सामरिक कसरत वीच हिन्दमहासागरीय क्षेत्रमा एउटा नयॉ अभ्यास आरम्भ भएको छ । थाइल्याडको प्रधानमन्त्री बेइजिङ्ग र स्यानफ्रान्सीको एक अभिव्यक्ति दिदै हिन्दमहासागरीय क्षेत्रमा “इसमस कार”को निर्माण गर्ने घोषणा गरेका छन् । ३० विलियन अमेरिकी डलरको उक्त योजनाको पराकम्पनले पुरै हिन्दमहासागरीय क्षेत्रको शक्ति सन्तुलन र सामरिक गठजोड समेत प्रभावित हुने जानकारहरूको बुझाई रहेको छ ।

भारतका पूर्व परराष्ट्र सचिव विजय गोखलेले एक आलेखमा भारत सरकारलाई उक्त योजना प्रति सजग रहन सल्लाह दिएको छ । इरासम्म सरकारको योजना १८ औं र १९ औं सताब्दीमा पे्रmन्च साम्राज्यवादले ल्याएको भए पनि विट्रिश साम्राज्यले यो नारालाई महत्व नदिएर “मालाका स्टेट”लाई विकसित गर्दै लगे । “इरसम्स कार” बङ्गालको खाडीबाट नजिक पर्दछ । यो नाका विकसित भएको खण्डमा चीनले आफ्नो शंसाधनमा मालाका स्टेटबाट ल्याउ‘नु पर्दैन । ढुवानी खर्चका साथ साथै चीनको लगानीमा घाटामा गइरहेको हम्वनटोटा बन्दरगाहको कारोवार समेत बढ्ने जानकारहरूको बुझाई रहेको छ । हिन्दमहासागरीय क्षेत्रमा चीनको योजनाहरू अधिक मात्रामा असफल भएको देखिन्छ । पाकिस्तानको ग्वादर बन्दरगाह, श्रीलङ्काको हम्वन टोटा र म्यानमारको चोम्बु बन्दरगाह कमजोर शासन प्रणालीको कारणले नै असफल भएको छ । जानकारहरूको अनुसार “इरसमस कार”को गुरूयोजनाले गर्दा हिन्दमहासागरीय क्षेत्रमा भारत चीन वीच नयॉ सामरिक कसरत र खेल सुरूवात भएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया