चोलेन्द्रले गरेका भर्ती देखि घूसकाण्डका नालीबेली
आलोक गौतम: २०४६ सालको जनआन्दोलनबाट पञ्चायती व्यवस्था ढलेपछि २०४७ सालमा काठमाडौँ नगरपालिकाको प्रथम बहुदलीय मेयर भए पि.एल. सिंह । सुशासन कायम गरी जनताको सेवा गर्ने उनको अभियानमा लागेका उनलाई सुझाव आयोकि नगरपालिकाको वर्तमान कर्मचारीतन्त्र बहुत असक्षम र भ्रष्ट छ, पञ्चायतले मण्डले र बदमास जथा भर्ति गरेको छ, जसको काम भनेकै बहुदल र प्रजातन्त्रको विरोध गर्ने हो । यो सल्लाहउपर जाँचबुझ गरेपछि उनी नगरपालिकाको कर्मचारी संयन्त्र सुधार्ने निर्णयमा पुगे । यसको लागि कुनै परीक्षा नलिई सोर्सफोर्सको आधारमा भर्ती भएका अस्थायी र करारका कर्मचारी कटौती गर्ने । यो क्रममा जागिरबाट पजनीमा पर्नेमध्येका एक पात्र थिए चोलेन्द्र समशेर राणा । प्रधानपञ्च कमल चित्रकारको पालामा अस्थायी नायब सुब्बामा छिरेका उनी कानून पढ्दै गरेकोले कानून शाखामा थिए । उनको बारेमा पैसा नलिई कामै नगर्ने, सेवाग्राहीलाई दुःख दि
